कोरोनाका बीच खेलाडीको नशामा ओलम्पिक सपना

२५ साउन ७७, सोमबार

२५ साउन, काठमाडौँ ।
कोरोना भाइरसले माहामारीको रुप नलिएको भए यति बेला छनोट भएका तीन खेलाडी पौडी–२, एथ्लेटिक्स–१ तथा वाइल्ड कार्ड पार गरेका केही नेपाली खेलाडी टोकियो ओलम्पिक २०२० मा प्रतिस्पर्धा गरिहेका हुन्थे । तर अहिले अवस्था फरक छ । पदक लक्ष्यका साथ नेपाली खेलाडी एक वर्ष पछि सरेको ओलम्पिकका लागि महामारीको बीचमा पनि अभ्यासलाई निरन्तरता दिइरहेका छन् ।

विश्व ओलम्पिकमा सहभागिता जनाउनका लागि कुनै पनि खेलाडीका लागि तीन माध्यम छन् । छनोट पार गर्ने, अनिवार्य सहभागी हुनुपर्ने र ‘वाइल्ड कार्ड’ मार्फता सहभागिता गर्ने पाउने प्रावधान छ । छनोटमा असफल भए पनि छनोट प्रतियोगितामा गरिएको प्रदर्शन र प्राप्त नतिजाका आधारमा ओलम्पिक सहभागिताको मौका दिने माध्यम ‘वाइल्ड कार्ड’ हो । नेपालले छनोट चरण पार गर्न निकै कठिन छ । ‘वाइल्ड कार्ड’ नेपालको सहभागिताको बाटो हो । नेपालबाट ७ खेलका १२ खेलाडीको नाम ‘वाइल्ड कार्ड’का लागि सिफारिस गरिएको छ । वाइल्ड कार्डबाट प्रवेश गर्ने लक्ष्य सहित धकेलिएको समयलाई सदुपयोग गर्ने खेलाडी बताउँछन् ।

अनिवार्य सहभागी हुनुपर्ने पौडीबाट संघको सिफारिसमा नेपाल ओलम्पिक कमिटिले मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा ४ स्वर्ण, २ रजत र ३ कांस्यपदक जितेकी गौरिका सिंह र पुरुषततर्फ उत्कृष्ट प्रदर्शन गरेका एलेक्स गाडेगार्ड शाहको नाम अन्तर्राष्टिय ओलम्पिक कमिटिलाई पठाइसकेको छ । सरकारले भदौ १ गतेतबाट प्रशिक्षण गर्न पाउने गरी निर्देशिका जारी गरेकाले सोही अनुसार प्रशिक्षण सुरु हुने कमिटीका उपाध्यक्ष चतुरानन्दा राजवैद्यले बताए ।

१९६४ को टोकियो संस्करणदेखि गृष्मकालीन ओलम्पिकमा प्रतिस्पर्धा गरेको नेपालले १३ संस्करणमा सहभागिता जनाइसकेको छ । नेपालबाट एउटा संस्करणमा १६ जनासम्म खेलाडीले सहभागिता जनाएका छन् । अहिले सम्म छनोट पार गरेर ओलम्पिकमा संगीना वैद्य र दीपक विष्टले मात्र खेलेका छन् । ओलम्पिकमा छनोट चरणको प्रावधान लागू भएसँगै वाइल्डकार्डको माध्यम नै नेपाली खेलाडीको औपचारिक सहभागिता हो । समयअनुकुल अभ्यास, न्युन प्रतियोगिता आयोजना हुनु, खेलाडीमा अनुभवको कमी जस्ता कारणले नेपालको ओलम्पिक साँघुरिएको छ । यसबारेमा सम्बन्धित निकायले समयमा ध्यान जरुरी छ नत्र ओलम्पिक सहभागिता एकादेशको कथा जस्तै हुन सक्छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top