विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो

२६ साउन, काठमाडौं ।
विश्वमा कोरोना भाइरस अर्थात् कोरोना भाईरस(कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २ कडोड नाघेको छ । वल्र्डो मिटर्स डट इन्फोका अनुसार सोमबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २१ हजार २ सय ९३ पुगेको छ ।

Advertisement

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ७ लाख ३३ हजार ९ सय १८ पुगेको छ भने एक करोड २८ लाख ९६ हजार ३ सय ७७ जना भने उपचारपछि घर फर्किएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै विश्वभर २ लाख १९ हजार ५ सय ९६ नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै २४ घण्टामा ४ हजार ७ सय ९७ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ लाख ७७ हजार उपचारपछि घर फर्किएका छन् ।

Advertisement

सबैभन्दा बढी अमेरिकामा  १ लाख ६५ हजार ६ सय १७ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने ५१ लाख ९९ हजार ४ सय ४४ पुगेकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top