गर्भवतीको हवाई उद्धार

२५ साउन ७७, सोमबार

२६ साउन, गलकोट ।

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ कि १७ वर्षीया गर्भवती सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरिएको छ ।

सुत्केरी व्यथा लागेर सो स्थानकी लक्ष्मी गुरुङलाई शुरुमा भिमगिठे स्वास्थ्यचौकी लगिएको थियो । नवजात शिशु जन्मनुभन्दा पहिले नै साल खसेर शिशुको हात बाहिर निस्केका कारण सो स्वास्थ्यचौकीले सुत्केरी गराउन संभव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङलाई रिफर गरेको थियो । बुर्तिवाङमा पनि सुत्केरी हुन नसकेपछि उनीलाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखाका चूणामणि कँडेलले जानकारी दिए । गुरुङलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट उद्धार गरिएको हो ।

गर्भवतीको साल पहिलै निस्कदा शिशुको ज्यान जोखिममा पर्ने भएकाले तत्कालै उद्धारको आवश्यकता पर्ने धौलागिरि अस्पताल बागलुङका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सौगात कोइराला जानकारी दिए । उनका अनुसार यस्तो अवस्थामा तुरुन्तै शल्यक्रिया गरेर शिशु निकाल्नुपर्ने हुन्छ ।रासस

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top