दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(बढेको कहर)
नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु /मृतकको संख्या ७९ पुग्यो /आज ३३८ संक्रमित थपिएसंगै संक्रमितको संख्या २३ हजार ३ सय १० पुग्दा १६ हजार ४ सय ९३ जना डिस्चार्ज ।

२.(आजको परीक्षण)
सोमबारसम्म पीसीआर विधिबाट ४ लाख ५२ हजार २ सय ३६ जनाको कोरोना परीक्षण /देशभर १० हजार ७ सय ५९ जना क्वारेन्टिनमा/६ हजार ७ सय ३८ जना आइसोलेसनमा ।

३.(प्रदेश १ को कुरा)
संक्रमित दिनदिनै बढेको विराटनगरमा ९ सहित प्रदेश १ मा ४२ संक्रमित थपिए /प्रदेशमा संक्रमितको संख्या १ हजार ४ सय ६५ पुग्यो /१ हजार १४ जना निको भए ।

४.(गुद्री शील)
विराटनगरको गुद्री क्षेत्रमा ४२ संक्रमित र दुई जनाको मृत्यु भएपछि आइतबार रातीेदेखि ७२ घण्टा सम्मका लागि गुद्री शील/ गुद्री प्रवेश मार्गमा ढाट लगाई आवत–जावत पूर्णरुपमा प्रतिबन्ध ।

५.(उपत्यका ठप्प)
काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सेवा प्रवाह आगामी तीन हप्ताका लागि बन्द गर्ने उपत्यका नगरपालिका फोरमको निर्णय /जोखिम बढेको भन्दै आगामी भाद्र १५ गतेसम्म सार्वजनिक यातायात पनि नचल्ने।

६.(नाका शील किन नगर्ने ?)
उपत्यकाका सबै नाकालाई शील नगरेसम्म उपत्यका भित्र संक्रमण नियन्त्रणमा नआउने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको भनाई /समुदायमा भन्दा बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले संक्रमण नियन्त्रण भन्दा बाहिर जान सक्ने ।

७.(किन काटियो शिर ?)
काठमाडौंको टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको शवको सनाखत /सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको प्रहरीको भनाई /मृतक काठमाडौंको एक गार्मेन्टमा कार्यरत रहेको खुलासा ।

८.(कांग्रेसको निशाना)
केपीशर्मा ओली नेतृत्वको वर्तमान सरकार विचौलियाको कठपुतली बनेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आरोप /संक्रमण व्यापक बन्दै गए पनि सरकारले पिसिआर परीक्षण दायरा वृद्धि नगरेको आरोप ।

९.(राजनीति कि न्याय ?)
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको योग्यता नपुग्ने दाबीसहित उच्च अदालत पाटनमा रिट दर्ता /प्रमुख कार्यकारी अधिकृत सिफारिस समिति, सुशील भट्ट, नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र लगानी बोर्ड विपक्षी ।

१०.(प्रधान न्यायाधीशमाथि प्रश्न)
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकाको कारण न्याय सम्पादन सन्तोषजनक हुन नसकेको नेपाल बार एशोसिएशनको ठहर /न्याय सम्पादनमा भएका वित्रृmति विसंगति हटाउन भन्दै प्रधान न्यायाधीश समक्ष १७ बुँदे माग पेश ।

११.(कोरोनाको नजरबन्द )
उपत्यका लगायत देशभर नै कोरोनाको जोखिम बढेसँगै संघीय संसदका समितिहरुको बैठक प्रभावित /बैठक प्रभावित हुँदा महत्वपूर्ण विधेयकहरु समितिमै अड्किए /राज्य संचालनका लागि आवश्यक नीति नियम निर्माणका काम प्रभावित ।

१२.(केही हुन्छ कि ?)
राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिद्वारा काम कारबाहीलाई व्यवस्थित बनाउन तीनवटा उपसमिति गठन /कोभिड १९ संक्रमणको अवस्था बढ्दै गएकाले समितिको बैठक १५ दिन सम्म नबस्ने ।

१३.(भिसा सेवा बन्द)
अध्यागमन विभागको भिसा सम्बन्धि सेवा अनिश्चितकालका लागि बन्द /तीव्ररुपमा फैलँदो कोरोना संक्रमणलाई मध्यनजर गर्दै भिसा सेवा स्थगित गरिएको विभागद्धारा विज्ञप्ती मार्फत उल्लेख ।

१४.(खेलाडीको परीक्षण)
विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको पीसीआर परीक्षण / ३४ खेलाडीमध्ये ११ जनाको स्वाब संकलन /फुटबल टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु गर्ने तयारी ।

र,

१५.(नाघ्यो २ करोड)
कोभिड १९ महामारीका कारण हालसम्म विश्वभर ७ लाख ३४ हजार बढीको मृत्यु / भारतमा पहिलोपटक एकैदिन एक हजार बढी संक्रमितको मृत्यु/ संक्रमित हुनेहरुको संख्या २ करोड नाघ्यो /१ करोड २९ लाख बढी निको भए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top