गोंगबु हत्या प्रकरणः हत्यामा प्रयोग गरिएको हतियार र मृतकको कपडा बरामद

२७ साउन ७७, मंगलबार
Share this
786shares

२७ साउन, काठमाडौँ । गोंगबुमा भएको विभत्स हत्या प्रकरणमा संलग्न चितवनबाट पक्राउ परेकी एक महिलालाई मंगलबार बिहान काठमाडौं ल्याइएको छ ।

Advertisement

रोल्पा स्थायी घर भई दाङ बसाइँसराइँ गरेर हाल काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको विभत्स हत्या गरी फरार भएको आरोपमा ती महिलालाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार पक्राउ गरी काठमाडौं ल्याएको हो ।

हत्या आरोपित महिलालाई थप प्रमाण संकलनका लागि अहिले घटनास्थलमा लगिएको छ । घटनास्थल नजिकैको एक घरमा भाडामा बस्दै आएकी उनले राति बोलाएर बोहराको खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेकी छन् । महिलाले हत्यामा प्रयोग गरेको खुकुरी पनि बरामद गरेको छ ।

Advertisement

महिलाको कोठाबाटै प्रहरीले मृतक बोहराले लगाउने कपडासमेत फेला पारेको स्रोतले बताएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top