×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

१३ औं सागमा तीन पदकधारीले डोपिङ गरेको खुलेपछि पदक खोसियो

२८ श्रावण २०७७

२८ साउन, काठमाडौं । २०१९ डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिबन्धित पदार्थ प्रयोग अर्थात् डोपिङ टेस्ट पोजेटिभ आएपछि तीन पदकधारीको पदक खोसिएको छ । व्यक्तिगततर्फ दुई स्वर्ण र एक कास्य तथा एक टिम इभेन्टमा कास्य जित्ने तीनै खेलाडी पाकिस्तानका हुन् ।

एथलेटिक्सतर्फ १ सय मिटर दौडमा कास्य पदक विजेता सामी उल्लाह, १ सय १० मिटर हर्डल्समा स्वर्ण विजेता मुहमद नइम र ४ सय मिटर हर्डल्समा स्वर्ण विजेता महबुब अलीले प्रतिबन्धित औषधि प्रयोग गरेको पुष्टि भएको हो । नेपाल ओलम्पिक कमिटिले विज्ञप्ति जारी गर्दै तीनै खेलाडीलाई चार वर्ष प्रतिबन्धका साथै पदक खोसिएको जनाएको छ । यी तीनै खेलाडीलाई २०२३ डिसेम्बरसम्म निलम्बन गरिएको छ ।

Advertisement

४ सय मिटर हर्डल्समा महबुब अलीको पदक खोसिएसँगै अब भारतका जाबिर मदारी पाले स्वर्ण पदक पाउने छन् । भारतका सन्तोष कुमारले रजत पाउँदा त्यसबेला चौथो रहेका श्रीलंकाका आसंका इन्द्रजितले कास्य पदक प्राप्त गर्नेछन् ।

यसरी पुरुष ११० मिटर हर्डल्समा स्वर्ण जितेका नइमको पदक खोसिँदा भारतका सुरेन्दर जयकले स्वर्ण हासिल गरेका छन् । श्रीलंकाका रोशन धामीकाले रजत तथा भारतकै मेमन पौलोसले कास्य पदक प्राप्त गर्नेछन् ।

Advertisement

डोपिङमा परेसँगै अब पाकिस्तानले जितेको कास्य पदक बंगलादेशले पाउने भएको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top