२८ साउन, सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-२० बिष्णुपादुकाबाट नियन्त्रीत लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् ।
अस्थायी प्रहरी पोष्ट बिष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले पाख्रिबास नगरपालिका-८ धनकुटाका २९ बर्षीय सन्दिप राईलाई ५ केजी गाँजा सहित पक्राउ गरेको हो ।
पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।