×

NEPAL TIMES UPDATES

Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026

‘महासिद्ध स्याँक्चुरी’ बन्ने

१२ बैशाख २०७५

काठमाडौँ, १२ वैशाख  ः हिमालयन भृकुटी फाउण्डेशन नेपालले २५६२औँ बुद्धजयन्तीका सन्दर्भमा लुम्बिनीमा ‘महासिद्ध स्याँक्चुरी फर युनिभर्सल पिस’ निर्माण गर्ने भएको छ ।

यही वैशाख १६ गते भवनको पूर्वाधारका लागि निर्माण शुरु गरिने र तीन वर्षभित्र सम्पन्न गरिने योजना छ । विश्वमा लुम्बिनीलाई शान्तिको थलोका रुपमा विकास गरी पर्यटकलाई आकर्षण गर्ने उद्देश्य राखिएको उक्त केन्द्रमा फराकिलो सभा हल, ध्यान केन्द्र लगायतका संरचना निर्माण गरिनेछ ।

Advertisement
Advertisement

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष श्याल्पा तेन्जिन रिन्पोछेले विभिन्न जाति, रंग र धर्मका मानिसलाई आध्यात्मिक गन्तव्य र तीर्थस्थलका रुपमा विकास गरिने उक्त केन्द्रमा आधुनिक वास्तुकलाले सजाइएका बौद्ध धर्म, दर्शनको परम्परागत प्रतीकलाई राखिने जानकारी दिए ।

बुद्धको जन्मभूमिका रुपमा रहेको लुम्बिनीमा उक्त केन्द्रको निर्माण भएपछि स्थानीयवासीको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सामुदायिक विकासका कार्यक्रम अगाडि बढाइने उनले बताए ।

Advertisement

केन्द्रभित्र बुद्धको जीवनीमा आधारित संग्रहालयसमेत निर्माण गरिने हुँदा बुद्धका अमूल्य मूर्ति, ग्रन्थ तथा सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिएका वस्तुको पनि संकलन गरिनेछ ।
रासस

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top