Nepal Times
Nepal Times
3
Shares

प्रतिब्यक्ति अाय बढ्याे ः प्रत्येक नेपालीकाे बार्षिक अाम्दानी १हजार ४ डलर

प्रतिब्यक्ति अाय बढ्याे ः प्रत्येक नेपालीकाे बार्षिक अाम्दानी १हजार ४ डलर

विराटनगर ः नेपालीहरूकाे प्रतिब्यक्ति अाय बढेर १ हजार ४ डलर पुगेकाे तथ्याङ्क सार्वजनिक भएकाे छ ।केन्द्रिय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ८६२ अमेरीकी डलर रहेको नेपालीको प्रतिव्यक्ति आय अहिले बढेर बढेर १ हजार  ४ डलर पुगेकाे हाे ।

 

याे संगै  प्रत्येक  नेपालीको  वार्षिक आम्दानी १ हजार  ४ डलर अर्थात रु १ लाख ३ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ ।

प्रतिब्यक्ति अाय बढेपनि  जिडीपीमा रेमिट्यान्सको हिस्सा भने घट्दै गएको तथ्यांक विभागले जनाएकाे छ।

जिडिपिमा गत वर्ष रेमिट्यान्सको योगदान २६.३२ प्रतिशत  रहेकोमा यसपटक घटेर २४.५२ प्रतिशतमा झरेको छ ।

केही महिना अघि नेपालीको प्रतिव्यक्ति आय ८ सय ६२ डलर मात्र रहेको भन्दै राष्ट्रिय योजना आयोगले  अल्पविकसित देशबाट स्तरोन्नती हुन चाहेको थिएन ।

तर,  त्यसको केही महिनामै केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकले भने प्रतिव्यक्ति बढेको देखाएको हो ।

विभागले चालू आर्थिक वर्षको आर्थिक बृद्धिदर  ५.८९ प्रतिशतले बढेर अर्थतन्त्रको आकार ३० खर्ब ७ अर्ब २४ करोड रुपैयाँ पुग्ने अनुमान  समेत गरेको छ ।

तर,केही दिन अघि नेपालको आर्थिक बृद्धिदर एसियाली विकास बैंकले ४.९ प्रतिशत  र विश्व बैंकले ४.६ प्रतिशत मात्र हुने अनुमान गरेको थियो ।

यी दुबैको अनुमान भन्दा माथि रहेर विभागले आर्थिक बृद्धिदरको अनुमान सार्वजनिक गरेको छ ।

विभागले कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा सेवा क्षेत्रको सबै भन्दा बढी योगदान रहने प्रक्षेपण पनि  छ ।

आर्थिक वर्ष २०७४/७५ को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै  तथ्यांक विभागले यस वर्ष सेवा क्षेत्रको मात्र ५७.६१ प्रतिशतले योगदान हुने अनुमान गरेको छ ।

सेवा क्षेत्र अन्र्तगत खुद्रा वयापार, होटल तथा रेष्टुरेनट, यातायात सञ्चार तथा भण्डारण, वित्तिय मध्यस्थता, रियल स्टेट तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य लगायत  सेवा  पर्दछ ।

जीडीपीमा निर्माण क्षेत्रको योगदान ७.६० प्रतिशत, थोक तथा खुद्रा व्यापारको १३.२६ प्रतिशत, कृषि तथा वनको २७.१० प्रतिशत र  विद्युतको १.१९ प्रतिशत योगदान रहने अनुमान छ ।
यस्तै प्राथमिक क्षेत्रको २८.२१ प्रतिशत योगदान रहने अनुमान पनि विभागको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.