दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(सय नजिक मृतक)
कोरोनाबाट थप ४ जनाको मृत्यु भएसंगै नेपालमा हालसम्म ९९ जनाको मृत्यु /आजै ५ सय ९४ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुग्यो /१७ हजार ७७ जना डिस्चार्ज ।

२.(यस्तो छ संख्या)
शुक्रबारसम्म ४ लाख ९४ हजार ६ सय १३ जनाको कोरोना परीक्षण /आज आइसोलेसनमा ७ हजार ९ सय १३ जना संक्रमित उपचाररत /१४ हजार ६ सय ३८ जना क्वारेन्टिनमा ।

३.(प्रदेशको ब्यथा)
मोरङमा ६२ सहित प्रदेश १ मा ९५ जना नयाँ संक्रमित थपिए / विराटनगरमा मात्र ३३ जना थपिए /प्रदेश १ मा संक्रमितको संख्या १ हजार ८ सय २१ पुग्यो /१ हजार ७५ जना डिस्चार्ज ।

४.(फुक्ला त गाँठो ?)
सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको लामो समयदेखिको विवाद सुधारोन्मुख देखिँदै / विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन ।

५.(डाक्टरको जुक्ति)
कोभिड–१९ रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने बेला सरकार पार्टीको आन्तरिक झगडामा केन्द्रीत भएको डा. बाबुराम भट्टराइको भनाई /कोरोना संक्रमण नियन्त्रणको तयारीमा सरकार चुकेको आरोप /राम मन्दिरको कुरा छाडेर कोरोना नियन्त्रणमा लाग्न सुझाव ।

६.(पहिरोको पीडा)
सिन्धुपाल्चोकको लिदीमा पहिरोले १३ घर पुरिँदा बेपत्ता ३८ मध्ये ११ जनाको शव फेला /२७ जना अझै वेपत्ता /घाइते पाँचको हेलिकप्टरमार्फत उद्धार/गृहमन्त्री रामबहादुर थापा र सभामुख अग्नि सापकोटद्वारा पहिरो पीडितलाई राहतसहित पहिरो गएको स्थानको निरीक्षण ।

७.(भूमि फिर्ताका लागि)
नेपालको अद्यावधिक अंग्रेजी संस्करणको नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा स्वीकृत /संयुक्त राष्ट्र संघ, कूटनीतिक नियोगहरू, समग्र अन्तर्राष्ट्रिय जगतमा पठाउनका निम्ति बाटो खुलेको मन्त्री पद्माकुमारी अर्यालको भनाई ।

८.(समितिको दिनचर्या)
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन समितिद्वारा पारित /समितिको बैठक केही दिनका लागि स्थगित /अवस्था सहज हुँदै गएपछि सरकारको निर्णयअनुसार आगामी बैठकको मिति तोकिने ।

९.(हतार हुन्छ कि ?)
नेपालमा पर्यटकीय गन्तव्यहरु सुरक्षित छन भन्ने सन्देश प्रवाह गर्न सके पर्यटन क्षेत्रको पुनरउत्थान हुने नेपाल पर्यटन बोर्डका पूर्व सिइओ दीपकराज जोशीको भनाई /पर्यटन क्षेत्र चलायमान गर्न आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नुपर्ने ।

१०.(सेवाको ढोका बन्द)
कोरोनाको संक्रमण तिब्र रुपमा फैलिएको भन्दै वैदेशिक रोजगार बिभागबाट प्रदान हुने प्राय सबै सेवा बन्द /भदौ १५ सम्मका लागि आर्थिक सहायता लगायतको सवै सेवा बन्द गरिएको बोर्डको भनाई ।

११.(ठडिँदैछ काष्ठमण्डप)
भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुर्ननिर्माणको काम ७० प्रतिशत सम्पन्न / खर्च व्यहोर्ने जिम्मा लिएको काठमाडौ महानगरपालिकाद्वारा तीन चरणमा गरी साढे १० करोड रुपैयाँ हस्तान्तरण ।

१२.(मानवअधिकारको वकालत)
कोभिड कहरमा वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई समाजमा पुनस्थापना गर्न मानव अधिकार आयोगको सरकारसँग आग्रह /रोजगारी र आम्दानी गुमाएका तथा ऋणको चंगुलमा परेका श्रमिक र परिवारलार्य राहत दिन सुझाव ।

१३.(फेरि उक्लियो सुन)
सुनचाँदीको भाउ आज शुक्रबार पनि बढ्यो /सुन प्रतितोला ८ सयले बढेर तोलाको ९८ हजार ६० रुपैयाँ र चाँदी तोलामा ६० रुपैयाँ बढेर एक हजार ३ सय ५५ रुपैयाँ निर्धारण ।

१४.(खेलाडीमा कोरोना)
राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा काठमाडौ बोलाइएका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि /३४ खेलाडीसहित ५४ जनाको स्वाब परिक्षण गरिएकोमा एक खेलाडीमा पोजेटिभ देखियो ।

र,

१५.(विश्वमा कोरोना)
कारोना संक्रमणका कारण हालसम्म विश्वभर ७ लाख ५८ हजार बढीको मृत्यु /२ करोड ११ लाख बढी संक्रमित /१ करोड ३९ लाख बढी निको भए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top