विराटनगर भन्सार कार्यालयको चैत सम्मको राजश्व असुली ९९.३४ प्रतिशत

Share this
742shares

किशोर विश्वकर्मा
विराटनगर, बैशाख १२
विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा झण्डै २२ अर्ब ३५ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको राजश्व असुली लक्ष्य ३१ अर्ब २४ करोड ४८ लाख ८१ हजार रुपैयाँ रहेपनि कार्यालयले चैत मसान्त सम्ममा लक्ष्यको ९९.३४ प्रतिशत अर्थात २२ अर्ब ३४ करोड ७९ लाख १७ हजार रुपैयाँ राजश्व संकलन गरेको हो ।

Advertisement

गत आर्थिक वर्षको सोहि अबधीमा विराटनगर भन्सार कार्यालयले लक्ष्यको १०४.८६ प्रतिशत अर्थात १८ अर्ब ३३ करोड ३८ लाख १० हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।

कार्यालयले चालु आर्थिक वर्षको चैत महिनाको लक्ष्य २ अर्ब ८१ करोड २० लाख ४० हजारमा असुली ३ अर्ब ८ लाख ६८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिको लक्ष्य २ अर्ब १८ करोड ८६ ला ५२ हजार रहेकोमा लक्ष्यको १०६.२७ प्रतिशत राजश्व संकलन गरेको थियो ।

Advertisement

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन महिनाको राजश्व लक्ष्य २ अर्ब १८ करोड ७१ लाख रुपैयाँ रहेपनि लक्ष्यको करिब ७८.०५ प्रतिशत अर्थात १ अर्ब ७० करोड ६९ लाख ६९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षको चैत महिनाको लक्ष्य १ अर्ब ८६ करोड ४१ लाख ४९ हजार रहेपनि कार्यालयले लक्ष्य भन्दा बढी २ अर्ब ९ करोड ६ लाख ९५ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।

त्यस्तै चालु आर्थिक वर्षकै भदौ महिनाको लक्ष्य २ अर्ब ४९ करोड ९५ लाख ९० हजार रुपैयाँ रहेकोमा भन्सार कार्यालयले १ अर्ब ९७ करोड ७८ लाख ४३ हजार रुपैयाँ मात्र संकलन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लक्ष्य १ अर्ब ८६ करोड ४१ लख ५८ हजार रुपैयाँ रहेको भएपनि लक्ष्य भन्दा बढी २ अर्ब ९ करोड ५८ लाख ९९ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।

Advertisement

चालु आर्थिक वर्षकै असोज महिनामा २ अर्ब १८ करोड ७१ लाख ४१ हजार रुपैयाँको लक्ष्य दिइएपनि लक्ष्य भन्दा बढी २ अर्ब ५२ करोड ६३ लाख ५१ हजार रुपैयाँ राश्व संकलन गरेको छ । गत आर्थिक वर्षको सोहि अबधिमा विराटनगर भन्सार कार्यालयले लक्ष्यमा १०६.८४ प्रतिशत अर्थात १ अर्ब ८१ करोड २२ लाख १० हजार रुपैयाँ राजश्व असुली गरेको विराटनगर भन्सार कार्यालयका सुचना अधिकृत शुशिल थापाले जानकारी दिए ।

उनले चालु आर्थिक वर्षको कार्तिक महिनाको राजश्ल असुली लक्ष्य २ अर्ब ४९ करोड ९५ लाख ९० हजार रुपैयाँ रहेकोमा लक्ष्यको १०८.०९ प्रतिशत, २ अर्ब ७० करोड १८ लाख रुपैयाँ असुली गरिएको जानकारी दिए । गत आर्थिक वर्षमा सोही अवधीको लक्ष्य १ अर्ब ८५ करोड रहेकामा लक्ष्यको १०९.७५ प्रतिशत राजश्व संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

भन्सार कार्यालयको मंशिर महिनाको लक्ष्य पनि २ अर्ब ४९ करोड ४९ लाख ९० हजार रुपैयाँ रहेपनि लक्ष्यको १००.४२ प्रतिशत असुली भएको छ । गत आर्थिक वर्षको सोही महिनामा १ अर्ब ९४ करोड ५६ लाख ५५ हजार रुपैयाँ लक्ष्य रहेकोमा १००.३ प्रतिशत असुली भएको थियो ।

त्यस्तै चालु आर्थिक वर्षकै पुष महिनाको लक्ष्य पनि २ अर्ब ४९ करोड ४९ लाख ९० हजार रुपैयाँ रहेकामा लक्ष्यको १००.५४ प्रतिशत राजश्व असुली भएको छ । गत आर्थिक वर्षमा सोहि अवधीको लक्ष्य १ अर्ब ९४ करोड ५६ लाख ५५ हजार रुपैयाँ रहेकोमा लक्ष्यको १०६.२९ प्रतिशत राजश्व असुली भएको कार्यालयका सुचना अधिकृत थापाले जानकारी दिए ।

त्यस्तै माघको लक्ष्य पनि २ अर्ब ४९ करोड ४९ लाख ९० हजार रुपैयाँ रहेको भएपनि लक्ष्यको १०७.२२ प्रतिशत राजश्व असुली भएको छ भने गत आर्थिक वर्षमा सोही महिनामा १ अर्ब ९४ करोड ९४ करोड २ लाख ६ हजार रुपैयाँ लक्ष्य दिइएको भएपनि लक्ष्यको १०६.२८ प्रतिशत राजश्व असुली भएको छ ।

चालु आर्थिक वर्षकै फागुन महिनाको लक्ष्य २ अर्ब ८१ करोड २० लाख ४० हजार रुपैयाँ रहेकोमा कार्यालयले १००.४१ प्रतिशत राजश्व असुली गरेको छ । गत आर्थिक वर्षको सोहि महिनामा भने लक्ष्यको ८३.६६ प्रतिशत मात्र राजश्व असुली भएको सुचना अधिकृत थापाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top