कोरोनाको लागि आयुर्वेदिक उपचार प्रभावकारी

३१ साउन ७७, आइतबार

कीर्तिपुर : कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि हालसम्म पनि भरपर्दो औषधि आविष्कार हुन नसकेका बेला नेपालमा आयुर्वेदिक पद्धतिले छोटो समयमै सङ्क्रमित बिरामीले स्वास्थ्य लाभ पाउन थालेका छन् ।

कोरोनाका लागि आयुर्वेदिक पद्धति रामवाण नै नभए पनि सङ्क्रमितले चाँडो स्वास्थ्य लाभ गरेपछि चिकित्सक र बिरामीमा उत्साह देखिएको छ । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोनाका ३३ जना बिरामी सात दिनमै निको भएर घर फर्किएका छन् । उनीहरूलाई स्वास्थ्य लाभ हासिल गर्न दुई साताको समय पनि लागेन । अरू बिरामी पनि निको हुने क्रम बढ्दो छ ।

आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत डा. अमितमान जोशी भन्नुहुन्छ, “आयुर्वेद औषधिमा विभिन्न रोग प्रतिरोधक क्षमता बढाउने जडीबुटी प्रयोग हुने भएकाले कोरोनासँग लड्नसक्ने क्षमता भएको हो ।” उहाँका अनुसार कोरोना सङ्क्रमित भर्ना भएपछि आयुर्वेदविज्ञ तथा चिकित्सक टोलीबीच छलफल गरी श्वासप्रश्वाससम्बन्धी रोगमा प्रयोग हुने औषधि प्रयोग गरिएको छ ।

Advertisement

यसैगरी रोग प्रतिरोधी क्षमता बढाउने जडीबुटी मिलाएर बनाइएको औषधि खान दिइएको छ । त्यसको सात दिनपछि पीसीआर परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आयो, कोरोना देखिएन । कोरोना पुष्टि भएपछि आत्तिनुुभएकी भक्तपुरकी २२ वर्षीया नर्स कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान अस्पतालमा भर्ना हुनुभयो । आफूले बिरामीलाई एलोपेथिक औषधि मात्र सेवन गर्न दिने उहाँले कहिल्यै आयुर्वेदिक औषधि प्रयोग गर्नुभएको थिएन ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top