कतारबाट हिमालय एयरलाइन्सले थप तीन उडान गर्ने, छुटेकालाई टिकट लिन आग्रह

१ भदौ ७७, सोमबार
Share this
758shares

योगेन्द्र योगी
१ भदौ, दोहा ।
कोभिड–१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनैपर्ने अवस्थाका नेपालीहरुका लागि कतारबाट हिमालय एयरलाइन्सले थप तीन उडान गर्ने तय भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

Advertisement

दूतावासका अनुसार आज, अगष्ट २३ र २९ तारिखको लागि उडान तय भएकोे छ । आजको उडानका लागि दूतावासले यस प्रकाशित गरेको प्राथमिकता सूचीमा नाम भएका तर विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले टिकटका लागि सोही एयरलाइन्सको ट्राभल एजेन्सीमा सम्पर्क गर्न अनुरोध गरेकाे छ ।

यस्तै, अगष्ट २३ र २९ तारिखमा हुने उडानका लागि नयाँ प्राथमिकता सूची शीघ्र प्रकाशित गरिने समेत दूतावासले जनाएको छ । विमानस्थलमा ज्वरो मापन गरिने साथै भ्जतभचबश मोबाइल एपमा हरियो रंग भएका व्यक्तिले मात्र विमानस्थलमा प्रवेश गर्न पाउने हुनाले अनिवार्य रुपमा उक्त एप प्रयोग गर्न दूतावासले अनुरोध गरेको छ ।

Advertisement

यसै बीच सुत्केरी तथा गर्भवती महिला र कोभिड बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएकाहरुलाई फिट टु फ्लाईको सर्टिफिकेट लिन आग्रह गरेको छ ।

दूतावासले यसअघि कतिपय त्यस्ता व्यक्तिहरु सर्टिफिकेट नभएका कारण उडान गर्न असमर्थ भएको भन्दै यस्तो अवस्थाका यात्रुहरुले आफूलाई स्वास्थ्य परीक्षण गर्ने चिकित्सक वा स्वास्थ्य संस्थाबाट त्यस्तो सर्टिफिकेट अनिवार्य रुपमा लिएर मात्र विमानस्थल जान अनुरोध गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top