आजका प्रमुख खबरहरुः
१.(आजको थप)
नेपालमा कोरोनाका कारण हालसम्म १ सय ७ जनाको मृत्यु /सोमबार ५ सय ८१ संक्रमित थपिँदा संक्रमितको संख्या २७ हजार २४१ पुग्यो /१७ हजार ४ सय ९५ जना डिस्चार्ज ।
२.(आजको आँकडा)
आज सोमबारसम्म ५ लाख २९ हजार ४ सय २७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण /देशभर १५ हजार १ सय ९८ जना क्वारेन्टिनमा /९ हजार ६ सय ३९ जना आइसोलेसनमा ।
३.(आज केही कम)
विराटनगरमा २९ सहित प्रदेश १ मा ८३ कोरोना संक्रमित थपिए /प्रदेश १ मा संक्रमितको संख्या २ हजार ९२ पुग्यो /१ हजार ९९ जना डिस्चार्ज ।
४.(लकडाउनको हतियार)
देशभर कोरोना संक्रणम बढ्न थालेपछि ४० भन्दा बढी जिल्लामा पूर्ण वा आंशिक लकडाउन /केही जिल्लामा निषेधाज्ञा र केही स्थानमा अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द ।
५.(निषेधाज्ञाको उल्लंघन)
चितवनको राप्ती नगरपालिका–१ लोथरमा निषेधाज्ञा लागू गराउने क्रममा प्रहरीद्वारा हवाई फायर /निषेधाज्ञाको उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका करिब दुई सयको भेलालाई तितरवितर हवाई फायर ।
६.(मुख्यमन्त्री छैन एजेन्डा)
विवाद समाधानका लागि अध्यक्षद्वयले गठन गरेको कार्यदललाई सत्तारुढ नेकपाको सचिवालय बैठकद्वारा अनुमोदन /अहिले मन्त्री, मुख्यमन्त्री परिवर्तन गर्ने विषयमा पार्टीमा केही छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई ।
७.(भयो भेट)
प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संवैधानिक निकायमा नियुक्तिबारे छलफल /सिन्धुपाल्चोक पहिरो, कोरोना र त्रिविमा देखिएका विवाद मिलाउन देउवाको सुझाव ।
८.(लिदीको पीडा)
सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोका परी बेपत्ता मध्ये २२ जनाको शव फेला /अझै १७ जना बेपत्ता/मृत्यु र बेपत्ताका परिवारलाई सरकारबाट जनही १ लाख २५ हजारको राहत ।
९.(उत्साहजनक संवाद)
नेपाल–भारतबीच संयुक्त अनुगमन संयन्त्रको काठमाण्डौमा भिडियो संवाद/नेपालमा भारतीय सहयोगमा निर्माणाधीन परियोजनाहरुको प्रगति सन्तोषजनक रहेको बैठकको निष्कर्ष ।
१०.(माछाले लडायो)
बाराको सिम्रौनगढ नगरपालिका र आदर्शकोतवाल गाउँपालिकाको सीमानामा माछा मार्ने विषयमा दुई गाउँका स्थानीयबीच झडप /नियन्त्रण बाहिर गएपछि प्रहरीद्वारा १३ राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार ।
११.(असर योजनामा )
कोरोना संक्रमणका कारण अर्थतन्त्रमा प्रभाव परेकाले पन्ध्रौं योजनामा परिमार्जन गर्नुपर्ने अवस्था देखिएको राष्ट्रिय योजना आयोगको भनाई /अहिलेको अर्ध लकडाउनको स्थितिबाट अर्थतन्त्रमा पर्ने असरको अवस्थालाई हेरेर परिमार्जन गर्ने तयारी ।
१२.(रेम्डेसिभिरको अनुमति)
भारतले निर्यातमा प्रतिबन्ध लगाएको कोरोना संक्रमितको उपचारमा सफल मानिएको ’रेम्डेसिभिर’ औषधि खरिद गर्न नेपालका तीन निजी कम्पनीलाई अनुमति /अन्य औषधि जस्तो बजारमा बेच्न भने नपाइने ।
१३. (उद्धार सुरु)
विदेशमा अलपत्र नेपालीलाई उनीहरूकै खर्चमा स्वदेश फर्काउन आजदेखि १५ दिनसम्म पाँचौं चरणको उद्धार उडान हुँदै/४३ वटा उडानबाट कम्तीमा ७ हजार नेपाली स्वदेश फर्किन पाउने ।
१४.(उदार यूएई)
भिसा सकिएर गैरकानुनी भएका विदेशी नागरिकलाई यूएईले दियो थप तीन महिनाको आममाफी /उक्त अवसर मार्च १ भन्दा अघि भिजिट, टुरिस्ट भिसा र बसोबासको भिसा सकिएकाको हकमा लागू हुने ।
र,
१४.(कोरोनाले आहत)
विश्वमा हालसम्म ७ लाख ७३ हजार बढी संक्रमितको मृत्यु /२ करोड १८ लाख बढी संक्रमित /१ करोड ४५ लाख बढी निको भए ।