अन्योल अन्त्य गर्दै पूर्वराजा यूएईमा रहेको स्पेनी राजदरबारद्वारा पुष्टि

२ भाद्र, एजेन्सी ।
स्पेनका पूर्वराजा ख्वान कार्लोस अगस्ट ३ तारिखदेखि संयुक्त अरब एमिरेट्स (यूएई) मा बसिरहेको स्पेनको राजदरबारले पुष्टि गरेको छ।

देश छाडेर हिँडेका उनी कहाँ छन् भन्नेबारे विभिन्न अड्कलबाजी चलिरहेको थियो। भ्रष्टाचारसमन्बन्धी एउटा अनुसन्धानकाबीच कार्लोसले अगस्ट ३ तारिखमा देश छाड्न लागेको अप्रत्याशित घोषणा गरेका थिए। राजदरबारका एकजना प्रवक्ताले ८२ वर्षीय पूर्वराजा अगस्ट ३ तारिखमा यूएई गएको र उनी त्यहीँ रहेको जानकारी दिए।

एउटा ठूलो भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा उनी जोडिएका छन्। र, उनको सम्पत्तिमाथि अध्ययन भइरहेको छ। उनले भने आफूले कुनै पनि गलत काम नगरेको बताउँदै आएका छन्। यो महिनाको सुरुमा उनेले आफ्ना छोरा फेलीपे षष्टमलाई पत्र लेखेर देश छाड्ने घोषणा गरेका थिए।

६ वर्षअघि उनले फेलीपेलाई गद्दी हस्तान्तरण गरेका थिए। सुरुमा उनले डोमेनिक रिपब्लिक जाने खबर आएको थियो तर स्पेनीश सञ्चार माध्यमहरूले पछि उनी यूएईको राजधानी आबुधावीमा अवतरण गरेको उल्लेख गरेका थिए। अहिलेसम्म सरकार वा राजदरबार कसैले पनि उनी कहाँ छन् भन्ने प्रस्ट पारेको थिएन।

देश किन छाडे ?
ख्वान कार्लोसले सन् २०१४ मा करिब ४० वर्ष देखिको लामो सिंहासन त्याग गर्दै छोरा फेलीपेलाई शक्ति हस्तान्तरण गरेका थिए।

स्पेनको सर्वोच्च अदालतले गत जुन महिनामा साउदी अरेबियामा एउटा हाइ(स्पीड रेलको ठेक्काका विषयमा कार्लोसको कथित संलग्नताबारे अनुसन्धान अघि बढाएको थियो। उनले सन् २००८ मा विदेशी खातामार्फत् साउदी अरबबाट १० करोड डलर प्राप्त गरेको समाचार सार्वजनिक भएको थियो।

अनुसन्धानकर्ताहरूलाई आवश्यक परेमा आफू सोधपुछको निम्ति उपलब्ध हुने कार्लोसले बताएका छन्। दक्षिणपन्थी तानाशाह फ्रान्सिस्को फ्रान्कोको सन् १९७५ मा निधन भएपछि ख्वान कार्लोसले गद्दी आरोहण गरेका थिए। स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म डोर्‍याउने श्रेय कार्लोसलाई दिइन्छ।

त्यसैले संवाददाताहरू भन्छन्– यो उनको अपमानजनक बहिर्गमन हो।(बीबीसी)

भर्खरको समाचार

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

सम्बन्धित समाचार

Scroll to Top