×

NEPAL TIMES UPDATES

Playing
विश्व राजनीतिमा नयाँ संकेत, नेपालजस्ता मुलुकका लागि के अर्थ राख्छ ?|| Nepal Times
May 16, 2026
Playing
विश्वकप यात्रा जोगाउन नेपाललाई जित अनिवार्यजस्तै|| Nepal Times
May 16, 2026
Playing
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का || Nepal Times
May 16, 2026
Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026

२० देखि ४० वर्ष उमेरसमूहबाट तीव्र रुपमा कोरोना फैलिँदै छः डब्लूएचओ

२ भाद्र २०७७

२ भाद्र, एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले २० देखि ४० वर्ष उमेरसमूहका मानिसहरुबाट तीव्र रुपमा कोरोना संक्रमण फैलिएको बताएको छ ।

डब्लूएचओेले यो उमेरसमूहका धेरै मानिसलाई आफू संक्रमित छु भन्ने थाहा नहुँदा संक्रमण फैलिँदै गएको बताएको हो । पहिले पाका उमेरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिए पनि पछिल्लो समय विश्वव्यापी रुपमै यूवावयका व्यक्तिहरुमा संक्रमण देखिने क्रम बढिरहेको छ ।

Advertisement
Advertisement

यसले प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध नभएका क्षेत्रका बूढाबूढी र बिरामी व्यक्तिहरुलाई जोखिममा पारेको पनि डब्लूएचओले बताएको छ । ‘महामारीको स्वरुप परिवर्तन भएको छ,’ डब्लूएचओका पश्चिम प्रशान्त क्षेत्रीय निर्देशक ताकेशी कासाईले मंगलबार भर्चुअल ब्रिफिङका क्रममा भने, ‘२० देखि ४० वर्ष उमेर समूहका व्यक्तिबाट कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ ।

तीमध्ये धेरैलाई त आफू संक्रमित छु भन्ने पनि थाहा छैन ।’ कोरोना भाइरसको संक्रमण नियन्त्रणमा छ भनिएका देशहरुमा समेत पछिल्लो पटक तीव्र रुपमा संक्रमण फैलिइरहेको छ । ‘पछिल्लो पटक कोरोना संक्रमणमा फेरि उच्च वृद्धि मात्रै देखिएको छैन, एसिया–प्रशान्त क्षेत्रमा हामी महामारीको अर्को नयाँ चरणमा प्रवेश गरिरहेका छौं,’ क्षेत्रीय निर्देशक कासाइले भने ।

Advertisement
Advertisement

विश्व स्वास्थ्य संगठने कोरोनाविरुद्धको खोप निर्माण गरिरहेका सबैलाई आवश्यक अनुसन्धान पद्धति र विकासको चरणलाई पालना गर्न पनि आग्रह गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top