म्युजिक भिडिओमा राष्ट्रिय झण्डा जलाउने गायकसहित ९ जना पक्राउ

३ भदौं, काठमाडौँ । नेपालको राष्ट्रिय झण्डा जलाएको गीतसहितको म्युजिक भिडिओ सार्वजनिक प्रकरणमा संलग्न गायकसहित हालसम्म ९ जना पक्राउ परेका छन्।

Advertisement

प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍युरो सीआईबीको टोलीले गायक ग्लालेन दोर्जे तामाङलाई कीर्तिपुरबाट पक्राउ गरेको हो।

उनीसँगै अन्य ७ जना पनि पक्राउ परेका छन् । भिडिओका छायांकन भने हिजो नै काठमाडौंबाट पक्राउ परेका थिए । उक्त म्युजिक भिडियो गत भदौ १ गते युट्युबमा अपलोड गरिएको थियो।

Advertisement

उक्त म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य देखाइएको छ । भिडिओ मकवानपुरको बागमति गाउँपालिका–३स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ ।

म्युजिक भिडियोमा साम्प्रदायिकता माथि नै खलल पुग्ने किसिमका भनाइहरू रहेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top