काठमाडौँका मेयरको अपील – निषेधाज्ञामा घरबाहिर ननिस्कनुस्

५ भदौ, काठमाडौँ ।
उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले निषेधाज्ञाको अवस्थामा घरबाहिर ननिस्कन सर्वसाधारणलाई अपील गरेका छन् । सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत एक हप्ताका लागि निषेधाज्ञा जारी गरेकाले त्यसलाई पूर्ण पालना गर्न महानगरपालिकाका प्रमुख शाक्यले अपील गरेका हुन् ।

Advertisement

उनले अत्यावस्यक कामका लागि घर बाहिर आउन परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र निष्कन समेत आग्रह गरे । त्यस्तै कोभिड १९ को संक्रमण जीवित रहेको अवस्थामा कोहीपनि व्यक्ति काठमाडौंबाट बाहिर नगइदिन र कोहीपनि व्यक्ति काठमाडौं नआइदिन समेत अनुरोध गरेका छन् । यदि कोही व्यक्ति आइसेको छ भने नजिकको वडा कार्यालय वा प्रहरी कार्यालयमा जानकारी गराइदिन समेत अनुरोध गरे । यसबाहेक आफ्नो छिमेकमा कोही पनि व्यक्ति काठमाडौं बाहिरबाट आएको थाहा पाएमा तत्काल वडा कार्यालय तथा प्रहरी कार्यालयमा सूचना गरिदिन समेत मेयर शाक्यले अपील गरे । यस्तै कोही पनि व्यक्तिलाई कोभिडसँग मिल्दोजुल्दो लक्षण देखा परेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् । स्वास्थ्य कार्यालयमा जान असमर्थ भएमा वडा कार्यालय अथवा नजिकको प्रहरी कर्यालयमा जानकारी गराउन अथवा काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवाको फोन नम्बर १०२ मा सम्पर्क गरेर अस्पताल सम्म जानसक्ने बताए ।

पीसीआर परीक्षण गर्न स्वाब संकलन गरेपछि पनि बजारमा घुम्ने प्रवृति भएको र कतिपयले गलत सूचना दिएकाले कन्ट्याक ट्रेसिङमा समस्या हुने गरेको उनले बताए । कोही पनि व्यक्ति कोरोनाको कारणले मर्दैन र मर्ने स्थिति सरकारले नबनाउने प्रतिवद्धता समेत मेयर शाक्यले व्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top