×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरमा २९ सहित प्रदेश १ मा ८९ काेराेना संक्रमित थपिए

५ भाद्र २०७७

५ भदौ, विराटनगर ।
प्रदेश १ मा शुक्रबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३८ महिला र ५१ जना पुरुष छन् । मोरङमा ४४, सुनसरीमा २९, झापामा ७, इलाममा ४, पाँचथर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा शुक्रबार २९ जनामा संक्रमित थपिएका छन् । १३ महिला र १६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको कटहरीमा ५ महिला १ पुरुष, सुन्दरहरैचामा ३ महिला ३ पुरुष, धनपालथानमा २ र सुनबर्षीमा १ पुरुषमा संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement

मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा २ महिला १२ पुरुष, इटहरीमा १ महिला ४ पुरुष, बर्जुमा २ महिला २ पुरुष, देवानगञ्जमा १ पुरुष, कोशी गाउँपालिकामा १ पुरुष, धरान, इनरुवा, गढी र बराहक्षेत्रमा १–१ महिलाको रिपोर्ट पोजेटिभ आएको छ । झापाको मेचीनगरमा ३ महिला १ पुरुष, विर्तामोडमा १ महिला १ पुरुष, दमकमा १ पुरुष, इलामको सन्दकपुरमा २ महिला २ पुरुष, पाँचथरको फिदिम र उदयपुरको त्रियुगामा १–१ पुरुष, सर्लाहीका २ महिला र सिरहाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ४८६ पुगेको छ । प्रदेश १ मा शुक्रबार ६९ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ४९, वीजनरल अस्पताल हरिनगर सुनसरीबाट १३ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना डिस्चार्ज भएका छन् ।

Advertisement

डिस्चार्ज भएकामा मोरङका २९, सुनसरीका २५, झापाका ११, इलामका ३ र धनकुटाका १ जना रहेका छन् । प्रदेश १ मा शुक्रबार सम्म १ हजार २ सय २४ जना डिस्चार्ज भएका छन् ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top