६ भाद्र, एजेन्सी ।
युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभिल्लाले जितेको छ ।
गएराति जर्मनीमा भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई ३–२ गोलले हराउँदै सेभिल्लाले उपाधि जितेको हो । सेभिल्लालाई जित दिलाउन लुक डे जोङले दुई र डिएगो कार्लोसले एक गोल गरे । यस्तै इन्टर मिलानका लागि रोमेरो लुकाकु र डिएगो गोडीनले एक–एक गोल फर्काए ।
सेभिल्लाले छैठौं पटक युरोपा लिगको उपाधि जितेको छ । यसअघि सेभिल्लाले सन् २०१६ मा युरोपा लिग जितेको थियो । सेभिल्ला ६ पटक युरोपा लिग जित्ने एक्लो टिम हो । सन् १९९८ मा युरोपा लिग जितेको इन्टर मिलानले पछिल्लो ९ वर्षयता कुनै पनि उपाधि जित्न सकेको छैन ।