×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

दिनभरका प्रमुख खबर

७ भाद्र २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(उकालो ग्राफमा कोरोना)
नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएसंगै मृतकको संख्या १ सय ४९ पुग्यो /आज ८ सय १८ जनामा संक्रमण पुष्टि /संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुग्दा १८ हजार ६ सय ३१ जना डिस्चार्ज ।

Advertisement
Advertisement

२.(कहाँ कति छन् ?)
आइतबारसम्म पीसीआर विधिबाट ६ लाख बढीको कोरोना परीक्षण /देशभर ११ हजार ४ सय १४ जना क्वारेन्टाइनमा/१३ हजार १ सय ५५ जना आइसोलेसनमा ।

३.(महानगरको पीडा)
विराटनगरमा ४२ सहित प्रदेश १ मा आज ७० जना संक्रमित थपिए/विराटनगरसहित मोरङका विभिन्न स्थानमा जारी निषेधाज्ञाको दोस्रो दिन पनि कडाई /निषेधाज्ञालाई पूर्णरुपमा पालना गर्न र घर बाहिर ननिस्कन प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको अपील ।

४.(जोखिममा उपत्यका)
कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि उपत्यकामा जारी भएको निषेधाज्ञाको आज चौथो दिनपनि सडकमा कडाई /काठमाडौं उपत्यकामा आज मात्र १ सय ६६ संक्रमित थपिए ।

५.(जाग्यो प्रशासन)
चितवनमा डाक्टरको घरमा कालो ब्यानर राख्ने र काठमाण्डौ सिभिल अस्पतालका डाक्टर बस्ने घरबाहिर हुलदङ्गा गर्नेहरुलाई कारबाही गर्न प्रशासनलाई स्वास्थ्य मन्त्रालयको सिफारिस /दिनरात नभनी खटिने स्वास्थ्यकर्मीलाई सम्मान गर्न आग्रह ।

६.(के गर्लान् अध्यक्षले ?)
कार्यदलले बुझाएको प्रतिवेदनबारे प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भोलि बिहान छलफल हुने /सरकारको काममा प्रधानमन्त्री ओली केन्द्रित रहने र पार्टीको काममा दाहाल केन्द्रित रहने प्रस्तावमा उल्लेख ।

७.(देउवाको विज्ञता)
कोरोना समुदायस्तरमा विस्तार गर्न क्वारेन्टिनले भूमिका खेलेको प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाई /मापदण्डयुक्त क्वारेन्टाइनहरूको व्यवस्थापनमा अविलम्ब ध्यान पु¥याउन सरकारको ध्यानाकर्षण ।

८.(कहरमा नेपाली)
शनिबार साँझसम्म विश्वका विभिन्न ३८ देशमा कार्यरत ३४ हजार बढी नेपालीमा कोरोना सङ्क्रमण पुष्टि /विश्वभरमा हालसम्म १ सय ९२ नेपालीको कोरोनाका कारण मृत्यु ।

९.(होला त अनुगमन ?)
होटल क्वारेन्टिनमा बस्नेलाई सरकारले तोके अनुसारको सेवा सुविधा उपलब्ध नगराए कारबाही गरिने होटल व्यवसायी महासंघको चेतावनी /काठमाडौं उपत्यकाका १ सय १२ होटलसहित कुल २ सय २० होटलहरुहरुलाई क्वारेन्टाइनको रुपमा सूचीकरण ।

१०.(घर आउने शर्त )
विदेशमा अलपत्र परेका कुनैपनि नेपाली नागरिकले पीसीआर परीक्षण सहित एक साता होटल क्वारेन्टाइनमा बस्ने लिखित प्रतिवद्धता जनाएपछि मात्रै नेपाल आउन टिकट पाउने /प्रतिवद्धता जनाउन नसक्नेहरु नेपाल आउन नपाउने ।

११.(लापरबाही कि भवितब्य ?)
रौतहटको गढीमाई नगरपालिकास्थित वाग्मती नदीले बगाएर आइतबार बेपत्ता ३ बालिकामाध्ये एक जना मृत फेला /अन्य दुईको खोजी कार्य जारी / कास्कीमा पञ्चमी नुहाउन गएकी गर्भवति महिलाको खोलाले बगाएर मृत्यु ।

१२.(घरमै पञ्चमी)
आज भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमी /नेपाली हिन्दु नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधाना गरी मनाए / कोरोनाकाकारण घरमै पूजा आरधना ।

१३.(उमेर अनुसार मास्क)
१२ वर्षभन्दा माथिका बालबालिका तथा किशोरकिशोरीलाई वयस्कले जस्तै फ्याब्रिकको मास्क लगाउन डब्लुएचओको सुझाव /६ वर्षदेखि ११ वर्षसम्मका र ६० वर्ष भन्दा बढि उमेरकालाई भने मेडिकल मास्क अनिवार्य ।

१४.(को बन्छ च्याम्पियन ?)
च्याम्पियन्स लिग फुटबलको उपाधि भिड्न्त आज राति हुँदै /पोर्चुगलको लिस्बनमा राति पौने एक बजे हुने खेलमा पाँच पटकको विजेतो बायर्न म्युनिख र पहिलोपटक फाइनलमा पुगेको पीएसजीबीच खेल हुँदै ।

र,

Advertisement

१५.(विश्वको कोरोना)
विश्वव्यापी महामारी बनेको कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो /२ करोड ३४ लाख बढीमा संक्रमण /कुल संक्रमितमध्ये १ करोड ५९ लाख निको भए ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top