१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

७ भदाै, ललितपुर ।
कन्चनपुर भिमदत्त नगरपालिका-१४ कलिया घर भएका १९ वर्षीय लोकेन्द्र सिंह भण्डारीलाई ललितपुरकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

लोकेन्द्रले ललितपुर महानगरपालिका-२८ हरिसिद्दिकी बालिकालाई सोही ठाउँस्थित चाईनिज इँटाभट्टा नजिक डाँडाको वनमारा झाडीमा जबरजस्ती करणी गरेको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.