×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी

१० भाद्र २०७७

काठमाडौँ : कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकामा थप १ हप्ता निषेधाज्ञा जारी राख्ने तयारी भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर गरी ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मंगलवार भएको छलफलमा निषेधाज्ञा १ हप्ता लम्ब्याउनेबारे छलफल भएको हो । यद्यपि निर्णय भने भइसकेको छैन ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले थप १ हप्ता निषेधाज्ञा जारी राख्ने विषयमा छलफल भएको तर निर्णय बुधवार मात्र हुने जानकारी दिए ।

Advertisement
Advertisement

उपत्यकास्थित नगरका प्रमुखहरू, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र सुरक्षा अधिकारी सम्मिलित बैठकले यसअघि नै काठमाडौं, भक्तपुर र ललितपुरमा थप १ हप्ता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो ।

‘कोरोना संक्रमणको महामारी दिन प्रतिदिन भयावह बन्दै गएकाले अहिलेको अवस्थामा १ हप्तासम्म जारी राख्नुपर्ने देखियो,’ उनले भने, ‘यसअघिको निर्णयको समयावधि १० गते रातिसम्म भएकाले मंगलवार निर्णय हुन सकेन ।

कोरोना संक्रमण महामारी नियन्त्रण तथा रोकथामका लागि भदौ ३ गते बुधवार राति १२ बजेबाट जारी निषेधाज्ञा १० गते बुधवार मध्यरातबाट सकिँदैछ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण भयावह बन्दै गएको भन्दै निषेधाज्ञा थप कडा पारिएको छ । निषेधाज्ञा थपिएसँगै संक्रमितका लागि आइसोलेसन सेन्टर बढाउन र प्रभावकारी ढंगले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताइएको छ । मर्निङवाक गर्नेदेखि दैनिक उपभोग्य वस्तु खरिदमा भीडभाड गर्नेलाई कारबाही शुरू गरिएको छ । निषेधाज्ञा उल्लंघन गर्नेहरूमाथि सडक कारबाही पनि कडा पारिएको छ ।

Advertisement

महानगरीय प्रहरी कार्यालयका अनुसार तोकिएको अवधिभन्दा बढी समय पसल खोल्नेदेखि आफूखुशी सवारी चलाउने १ हजारभन्दा बढीलाई कारबाही गरिएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा खबर छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top