भारतमा कोरोनाको कहरः एकैदिन ७६ हजार संक्रमित

१० भदौ ७७, बिहीबार

११ भाद्र, एजेन्सी ।
भारतमा पछिल्लो २४ घन्टामा संक्रमित हुनेको संख्या ७६ हजार नाघेको छ ।

त्यहाँको यो अहिलेसम्मकै नयाँ रेकर्ड हो। बुधवार एकै दिन भारतमा ७६ हजार भन्दा धैरै संक्रमित पहिचान भएका छन्। यससँगै भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख पार भएको छ। त्यसैगरी कोभिड १९ संक्रमितको मृत्यु संख्या ६० हजार पार भएको छ ।  बुधवार एकै दिन थपिएका संक्रमितको यो संख्या विश्वकै तेस्रो ठूलो रेकर्ड हो।

जुलाई २५ मा अमेरिकामा ७८ हजार ४ सय २७ जना संक्रमित रेकर्ड भएको थियो भने जुलाई १७ मा ७६ हजार ९ सय ३० जना। त्यसपछि भारतमा एकै दिन धेरै संक्रमित देखिएको हो। भारतमा यसअघि सबैभन्दा धेरै संक्रमित पहिचान हुँदा ७० हजार ४ सय ८८ जना थिए, अगस्ट २२ मा।

Advertisement

बुधवारमात्र भारतमा १ हजार ९ जना संक्रमितले ज्यान गुमाएका छन्। यससँगै भारतमा मृत्य हुने कोरोना भाइरस संक्रमितको संख्या ६० हजार ५ सय ४३ पुगेको छ।

उत्तर प्रदेशमा उछालिँदै कोरोना

Advertisement

नेपालसँग लामो सीमा जोडिएको भारतीय राज्य उत्तर प्रदेशमा कोरोना संक्रमितको संख्या उछालिनेक्रम जारी छ। त्यहाँ संक्रमितको संख्या २ लाख पार भइसकेको छ। बुधवारमात्रै उत्तर प्रदेशमा ५ हजार ८ सय ९८ नयाँ केस थपिएको छ। खुला सीमाका कारण उत्तर प्रदेश र बिहारमा बढ्ने संक्रमण दरले नेपालमा असर पारिरहेको हुन्छ।

सीमामा सुरक्षा कडा पारिएको भए पनि धेरै ठाउँबाट नेपाल छिर्ने विकल्पहरु रहेका छन्। भारतमा कम प्रभावित रहेको राज्य उत्तराखण्डमा समेत बुधवार ५ सय ३० संक्रमित थपिएका छन्। यो प्रदेश नेपालको सुदूर पश्चिमसँग जोडिएको छ।

भारतको बिहारमा १ लाख २५ हजार भन्दा धेरै संक्रमि पहिचान भइसकेको छ। भारतका अन्य राज्यको तुलनामा बिहारमा परीक्षण कम भएकाले यहाँ अन्यत्रको भन्दा संक्रमण कम देखिएको हो। नेपालमा संक्रमितहरु भारतका उत्तर प्रदेश र बिहारबाट बढी भित्रिएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top