दुई वर्षमा मोनोरेल निर्माण सक्नेगरी चिनियाँ कम्पनीको प्रस्ताव

काठमाडौँ, १५ वैशाख ः काठमाडौँ महानगरापालिमा मोनोरेल (सडकमाथि गुड्ने रेल) निर्माण गर्नका लािग चिनियाँ कम्पनीले प्रस्ताव पेश गरेको छ ।

चिनियाँ कम्पनी सीआरसीसीले काठमाडौँं उपत्यकाको चक्रपथमा दुई वर्षभित्रमा मोनोरेल निर्माण गरिसक्ने गरी प्रस्ताव ल्याएको कामपा सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए

उनले भने, “चक्रपथको २८ किलोमिटर सडकमा दुई वर्षभित्रमा मोनोरेल गुडाउने योजनासहित सीआरसीसीले पेस गरेको प्रस्तावमाथि कामपाका प्रमुख विद्यासुन्दर शाक्यसँग छलफल भइरहेको छ ।”

Advertisement

उक्त योजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न माग प्रस्तावमा गरिएको छ । मोनोरेल सञ्चालनका लागि दुई लेनको ट्रयाक र आठ वटा पुल बन्ने प्रस्ताव गरिएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top