×

NEPAL TIMES UPDATES

Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026

युवा रोजगारीका लागि एसओएसले सरकारलाई सघाउने

१५ बैशाख २०७५

काठमाडौँ, १५ वैशाख ः युवा रोजगारीका लागि एसओएस बालग्रामले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपालका बालग्राममा हुर्केका विद्यार्थीका लागि रोजगारीको विषय चुनौतीपूर्ण रहेको भए पनि सरकारले नयाँ योजनासहित स्वदेशमै युवा रोजगारीको कार्यक्रम अघि सारेमा बालग्रामले त्यसमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

Advertisement
Advertisement

भूकम्पपीडितका लागि एसओएस बालग्रामले बनाइदिएको सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं १२ भीमटारस्थित १७७ वटा नयाँ घर र दोलखाको लाँकुरीडाँडामा निर्मित १०७ वटा घर हस्तान्तरण कार्यक्रममा भाग लिन अध्यक्ष सिद्धार्थ कौलसहितको टोली नेपाल भ्रमणमा आएका हुन् ।

अध्यक्ष कौलले प्रधानमन्त्री केपी शर्मा ओली र अन्य उच्च सरकारी अधिकारीसँग भेटवार्ता गरी सरकारलाई सहयोग गर्न आफूहरु तयार रहेको बताएका थिए ।

अभिभावक गुमाएका बालबालिकालाई परिवारमा आधारित संरक्षण गर्दै आएको तथा परिवार गुमाउनसक्ने जोखिममा रहेका बालबालिकाका अभिभावकका लागि परिवार सुदृढीकरण कार्यक्रममार्फत सहयोग गर्दै आएको बताउँदै यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीलाई एसओएस बालग्राम अन्तर्राष्ट्रियको सांगठनिक संरचना, संस्थाले संसारका १३५ मुलुकका बालबालिकाको उचित रेखदेख, स्याहार, शिक्षादीक्षा र संरक्षणका लागि गर्दै आएको कामबारे जानकारी गराएको एसओएस बालग्रामले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक विद्यालयको स्तर उकास्न र गुणस्तरीय विद्यार्थी उत्पादनका लागि सरकारले चालू शैक्षिकसत्रदेखि मुलुकभर नयाँ विद्यार्थी भर्ना अभियान शुरु गरेकाले यसलाई सफल पार्नु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको पनि दायित्व रहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले नेपालमा एसओएस बालग्रामले गर्दै आएका कामको प्रशंसा गर्दै यसलाई भविष्यमा पनि निरन्तरता दिन आग्रह गरे ।
गोरखा भूकम्पलगत्तै नेपालका लागि एसओएस बालग्राम अन्तर्राष्ट्रियबाट रु एक अर्ब ४० करोड अर्थात् १४ मिलियन डलर बराबरको सहयोग नेपाललाई उपलब्ध गराइएको थियो ।

एसओएस बालग्रामले भूकम्पपीडितका लागि २८४ वटा नयाँघर बनाउनेदेखि भत्किएका थुप्रै सामुदायिक विद्यालय बनाउनाका साथै जीर्णीद्धार कार्यसमेत गरेको प्रधानमन्त्री ओलीलाई जानकारी गराएको थियो ।

Advertisement

एसओएस बालग्राम नेपालका राष्ट्रिय अध्यक्ष डा. ज्योतिरत्न धाख्वा, राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्माले नेपालमा बालग्राममार्फत भएका गतिविधिबारे प्रकाश पारेका थिए ।
रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top