×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

दिनभरका प्रमुख खबर

१२ भाद्र २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(मृत्युदर बढ्यो)
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या १ सय ९५ पुग्यो / आज मात्र ९ सय २७ संक्रमित थपिँदा कुल संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुग्यो /२० हजार २ सय ४२ जना डिस्चार्ज ।

Advertisement

२.(कहाँ कति छन् ?)
आज शुक्रबारसम्म ६ लाख ५८ हजार १ सय १० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण /देशभर ८ हजार ९ सय ३९ जना क्वारेन्टिनमा / १६ हजार १९ जना आइसोलेसनमा ।

३.(राजधानीको जोखिम)
आज देशभर सवैभन्दा धेरै काठमाडौंमा थप ३ सय ५० गरी उपत्यकाभरिमा ४ सय १५ जनामा संक्रमण पुष्टि /मुलुकभर ९ जिल्लामा मात्रै ५ सय भन्दा धेरै सक्रिय संक्रमित ।

४.(कहर भित्रको संख्या)
विराटनगर नयाँ संक्रमितको संख्या ह्वातै घट्यो /आज ७ जना मात्रै संक्रमित फेला /मोरङभरि १४ सहित प्रदेश १ मा ७४ संक्रमित थपिए /कुल संक्रमितको संख्या ३ हजार १ सय ४ पुग्दा १ हजार ५१६ डिस्चार्ज ।

.(बल्ल तात्यो सरकार)
वीरगन्जको नेसनल मेडिकल, काठमाडौँको कान्तिपुर र जनमैत्री अस्पताललाई कोभिड १९ को उपचार केन्द्र तोकियो /केन्द्रीय अस्पतालमा १ हजार, प्रादेशिकमा १९ सय ५७ तथा हरेक पालिकामा ५ बेडको अस्पतालको दरले ६ हजार २ सय २ बेड थप ।

६.(यो बेलापनि लोभ)
निजी अस्पतालद्धारा पीसीआर परीक्षणशुल्क आफूखुसी लिई पीसीआरलाई नाफा कमाउने आधार बनाउँदै /सरकारले एउटा पीसीआरको ५ हजार ५ सय शुल्क तोकेपनि कतिपय निजी अस्पतालले ७ हजार ५ सयसम्म असुल्दै ।

७.(खुल्छन् त विद्यालय ?)
महामारीले लामो समयदेखि विद्यालय बन्द भएपछि प्रदेश १ सरकारद्वारा विद्यालयमा सिकाई सञ्चालनका लागि तयारी सुरु /विद्यालयमा असोजदेखि विहान र दिउँसो दुई चरणमा विद्यालय सञ्चालन गर्न सकिने सुझाव ।

८.(केन्द्रमै कोभिड)
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को कार्यालय छाउनीमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा /भोलि बस्ने नेकपा सचिवालय बैठक स्थगित ।

९.(प्राविधिक शिक्षामा लगाम)
सिएमए, अनमी, ल्याब असिस्टेनलगायतका कार्यक्रममा विद्यार्थी भर्ना गर्न पाउनुपर्ने निजी प्राविधिक शिक्षालय महासंघको माग /चिकित्सा शिक्षा आयोगले यी कार्यक्रम यही शैक्षिक सत्रदेखि खारेज गरिदिएकोमा आपत्ति/ निर्णयबाट १२ हजार प्रशिक्षार्थी अन्योलमा ।

१०.(ग्रेडिङविरुद्ध ज्ञापन)
सत्तारूढ नेकपा निकट अनेरास्ववियूद्वारा एसईई ग्रेडिङ मापदण्ड स्थगित गर्नुपर्ने लगायतका २१ सूत्रीय मागसहितको शिक्षामन्त्रीलाई ज्ञापनपत्र/शैक्षिकसत्र खेर जान नदिन, वैकल्पिक माध्यमबाट परीक्षा लिन माग ।

११.(के भन्ला छानविनले ?)
रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका थुनुवाको यातनाबाट मृत्यु घटनाबारे मानवअधिकार आयोगले थाल्यो छानविन / मृतकको स्वास्थ्य परीक्षण प्रतिवेदन र पोष्टमार्टम उपलब्ध गराउन प्रहरी र शिक्षण अस्पताललाई पत्राचार ।

१२.(हेर्ने रहर)
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहितको टोटीद्धारा रानीपोखरी पुनर्निमार्णको स्थलगत निरीक्षण /कोभिड महामारी कायम रहेपनि पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गरिने राज्यमन्त्रीको भनाई ।

१३.(रेल रणनीति)
भारत सरकारकै आर्थिक र प्राविधिक सहयोगमा नेपालसीमावर्ती रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारतको चासो /महामारीका कारण अझै एक दुई महिनासम्म टोलीलाई बोलाउन नसकिने रेल विभागको भनाई ।

१४.(खोला तर्न पैसा)
कञ्चनपुरको बल्मा नदीमा पुल निर्माणको काम समयमै नसकिँदा तीन स्थानीय तहका बासिन्दाले ३ सयसम्म शुल्क तिरेर खोला तर्नुपर्ने बाध्यता/ बर्खामा पानी बढेपनि स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य ।

र,

Advertisement

१५.(अत्याउँदै कोरोना)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ८ लाख ३६ हजार बढीको मृत्यु / २ करोड ४६ लाख बढी संक्रमित /१ करोड ७१ लाख बढी निको भए/भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार बढी संक्रमित थपिदा १ हजारको मृत्यु।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top