प्रधानमन्त्रीको गृह जिल्लामा काभ्रेका सिडिओ तिमिल्सिना

प्रधानमन्त्रीको गृह जिल्लामा काभ्रेका सिडिओ तिमिल्सिना

१३ भाद्र, काठमाडौं ।
प्रधानमन्त्रीको गृह जिल्ला झापामा काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्रवण कुमार तिमिल्सिनालाई पठाइएको छ ।

तत्कालीन प्रजिअ उदयबहादुर राना मगर महावाणिज्यदूतको सिफारिसमा परेसँगै रिक्त पदमा तिमिल्सिनालाई सरुवा गरिएको हो । गृह मन्त्रालय स्रोतका अनुसार काभ्रेपलान्चोकको प्रजिअमा सल्यानका प्रजिअ शिवराम पोखरेलाई ल्याइएको छ भने उनको ठाउँमा मन्त्रालयका सहसचिव हेमराज तामाङलाई प्रजिअ बनाइ पठाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.