बेइजिङमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिए

१५ भदाै, बेइजिङ ।
चीनमा केही दिनयता कोरोना भाइरसका नयाँ सङ्क्रमितहरू भेटिएका बताइएको छ । चीनमा गएको २४ घन्टायता कोरोना भाइरसका १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

Advertisement

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सोमबार चीनमा १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् भने चौबीस घन्टामा २४ जना निको भएर घर फर्किएका छन् । केही हप्तायता चीनले कोरोना भाइरस सङ्क्रमित नभेटिएको बताए पनि विदेशबाट आउनेहरूमा कोरोना भाइरस देखिएको बताउँदैआएको छ ।

गएको २४ घन्टामा देखिएका भनिएका ती १७ जना पनि सबै जना विदेशबाट आएका नागरिक रहेका चीनका स्वास्थ्य अधिकारीहरूले बताएको हो । चीनमा योसमेत गरी यस भाइरसका ८ हजार ५४८ जना सङ्क्रमित भेटिएका हुन् । त्यस्तै चार हजार ६३४ जनाको ज्यान गएको छ ।
तर चीनको जनजीवन अहिले सामान्य भइसकेको छ ।रासस / एएनआई

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top