प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण

१६ भदाै,विराटनगर ।

Advertisement

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएकाे छ ।

प्रदेश प्रयोगशाला विराटनगरमा साेमबार साँझ गरिएको परीक्षणमा मन्त्री घिमिरेको कोरोना रिपोर्ट पोजिटिभ आएको  हो । शनिबार धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला भएको र साेमबार ज्वरो पनि आएपछि स्वाब संकलन गरिएकाे मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।

Advertisement

शनिबार साझदेखि उनी निवासमै रहेका छन् । मन्त्री घिमिरेको स्वास्थ अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top