सांसद प्रेम सुवाललाई कोरोना संक्रमण

सांसद प्रेम सुवाललाई कोरोना संक्रमण

२१ भदाै, काठमाडौँ ।
प्रतिनिधिसभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । उनलाई शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका सुवालकाे भदौ १५ गते भक्तपुर नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य केन्द्र च्यामासिंहमा पीसीआर परीक्षणका स्वाब लिइएकाे थियाे । अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ । हालसम्म आफूलाई कोरोना भाइरसको कुनै लक्षण नदेखिएको सांसद सुवालले बताए ।

उनी स्वाब संकलन लगत्तै होम आइसोलेसनमा बसेका थिए । उनले भने, ‘दुई सातादेखि कुनै कार्यक्रममा सहभागी भएको छैन, नजिकको मित्रमा कोरोना संक्रमण पुष्टि भएपछि पीसीआर परीक्षण गराएको हुँ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.