नेपाली आकाशमा भारतीय गस्ती

दार्चुला : चीनसँग लद्दाख सीमा क्षेत्रमा तनाव बढेपछि भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा केही दिनयता सुरक्षा फौजको तैनाथी बढाएको छ । त्रिदेशीय सीमानजिकको यो नेपाली भूमिमा उसले वर्षौंदेखि सुरक्षा फौज तैनाथ गरेको छ । चीनसँग उसको पछिल्लो तनावपछि सुरक्षा फौजको संख्यामा उल्लेख्य वृद्धि गरेको हो ।

Advertisement

लद्दाखमा तनाव बढेसँगै भारतले ३/४ दिनयता कालापानी र लिपुलेक क्षेत्रमा अर्द्धसैनिक बल एसएसबी, भारत–तिब्बत बोर्डर पुलिससँगै सेनासमेत परिचालन गरेको हो । उत्तराखण्ड राज्यको पिथौरागढ–धार्चुला हुँदै सुरक्षा फौजका गाडीहरू ‘अग्रिम मोर्चा’ तर्फ गइरहेका छन् । यसका साथै भारतीय वायु सेनाका हेलिकप्टर र विमानले हवाई गस्ती तीव्र बनाएको स्थानीय बताउँछन् ।

केही दिनयता नियमित रूपमा दार्चुलाको व्यास क्षेत्रमा भारतीय वायु सेनाको जेट लडाकु विमानले दैनिक चार/पाँच पटक उडान भर्ने गरेका छन् । ‘करिब एक साता हुँदै छ, भारतीय जेट फाइटर र ठूला हेलिकप्टर देखिँदै छन्,’ व्यासका एक स्थानीयले भने, ‘चीनले सीमानजिक सैनिक गतिविधि बढाउन थालेको भन्दै भारतले यो क्षेत्रमा हवाई गस्ती बढाएको बुझिएको छ ।’ बस्तीमाथिको नेपाली आकाशमा पनि कहिलेकाहीं जेट विमान देखिन थालेका छन् । माथिल्लो कौवा क्षेत्रको आकाशमा सधैंजसो उडान भइरहेको उनले बताए ।

Advertisement

बिहीबार भने दार्चुला सदरमुकाम खलंगा आसपासबाटै भारतीय विमानले गस्ती गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार धूवाँको मुस्लो बनाएर दुई जेट विमान ‘माथिल्लो क्षेत्रतिर’ गएका थिए । ‘एउटा विमान दार्चुला सदरमुकामनजिक छापरीको डाँडामाथि भएर उडेको थियो,’ छापरीका स्थानीय हरकसिंह कार्कीले भने, ‘अर्को भने छापरीपारि (भारत) को धार्चुलाकोटको डाँडा भएर उत्तरी सीमातिर उडेको थियो ।’

सीमामा तैनाथ नेपाली सुरक्षा निकायले पनि लद्दाखमा तनाव बढेपछि भारतले दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा सैनिक गतिविधि बढाएको बुझिएको जनाएको छ । सशस्त्र प्रहरीका एसपी नरेन्द्र बमका अनुसार एक सातादेखि भारतले आफ्नो क्षेत्रमा सुरक्षाकर्मीको परिचालन बढाएको छ ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top