नेपालमा नौ प्रजातिका उफ्रने माकुरा फेला

काठमाडाैँ : नेपालमा नौ प्रजातिका उफ्रने माकुरा फेला परेका छन् । यसअघि रेकर्डमा नरहेका नौ प्रजातिका नयाँ माकुरा फेला पारिएको अध्यता किरण थापा मगरले जानकारी दिए ।

उनले चितवन राष्ट्रिय निकुञ्जमा एक वर्ष लगाएर गरेको खोजमा उफ्रने प्रजातिका माकुरा पत्ता लगाएका हुन् । अध्ययनका लागि उनलाई राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख बाबुराम लामिछाने, अन्य संरक्षणकर्मी विमलराज श्रेष्ठ, टेकबहादुर गुरुङ, रबिनबहादुर केसी, डेभिड इ।हिल र अर्जुन थापाले सघाएका थिए । यी माकुरालाई ‘जम्पिङ स्पाइडर’ भनेर विश्वव्यापी रूपमा चिनिन्छ । साल्टिसिडा वैज्ञानिक नाम र यसै परिवारभित्र पर्ने यो माकुरा एरेनाइ वर्गमा पर्छ । नयाँ फेला परेका नौ प्रजातिका माकुरा मध्येको पहिलो प्रजाति एसेमोनिया टिनियुपस हो । यो जङ्गलभित्र रहने गर्छ ।

गत अगस्ट २९ मा सार्वजनिक अध्ययन प्रतिवेदन अनुसार दोस्रोको नाम क्रिसिला भोलुप रहेको छ । यो माकुरा नेपालसहित भारत, भुटान र श्रीलङ्कामा पाइएको छ । तेस्रोमा रहेको इपोसिला औरान्टिका माकुरा नेपालसहित भारत, मलास्का, मलेसिया, म्यानमार, श्रीलङ्का र भियतनाममा पाइएको छ । चौथोमा रहेको हाइलस सेमी कपरियस नामको माकुरा नेपालसहित भारत र श्रीलङ्कामा मात्र पाइएको छ । पाँचौँ नम्बरमा रहेको आइसियस अल्बोटरमिनस नामकोे माकुरा नेपाल र भारतमा मात्र पाइएको छ ।

Advertisement

छैटौँ नम्बरमा रहेको फिन्टेला भिटाटा नामको माकुरा नेपालसहित बोर्नियो, चीन, भारत, इन्डोनेसिया, मलेसिया, म्यानमार, फिलिपिन्स र भियतनाममा पाइएको छ । सातौँ नम्बरमा रहेको सिलर कर्परस नामको माकुरा नेपालसहित चीन, जापान, उत्तर कोरिया, दक्षिण कोरिया र ताइवानमा पाइएको छ । आठौँ नम्बरमा रहेको टेलामोनिया डिमिडियाटा नामको माकुरा नेपालसहित भारत, भुटान, इन्डोनेसिया, पाकिस्तान, सिङ्गापुर र सुमात्रा टापुमा पाइएको छ ।

नवौँ नम्बरमा रहेको टेलामोनिया फेस्टिभा नामको माकुरा नेपालसहित चीन, भारत, इन्डोनेसिया, जाभा, मलेसिया, म्यानमार, सिङ्गापुर, सुलावासी र भियतनाममा पाइएको छ । आम रूपमा देखिने माकुराभन्दा फरक बेहोरा भएका यी प्रजातिका माकुरा पृथ्वीको पारिस्थितिक प्रणालीको साना चर मध्येका हुन् । आम माकुरा रुख, जङ्गल, घर तथा अन्यत्र उसको -यालबाट धागो निकालेर जालो बनाउँदै बस्न मन पराउँछन् । त्यही धागोको सहायताले शिकार गर्ने र एक स्थानबाट अर्को स्थानमा विचरण गर्ने गर्छन् तर उफ्रने प्रजातिका माकुराले त्यसो गर्दैन । यिनीहरूले न -यालबाट धागो नै कात्छन् । न त जालोमा आफ्नो घर बनाउँछन् ।

अध्यता मगरका अनुसार उफ्रँदै एक स्थानबाट अर्को स्थानमा पुगेर आफूभन्दा साना किटपतङ्गको शिकार गरेर मानिसको कृषिबालीलाई पनि जोगाउने गर्छ ।,आजको गोरखापत्र दैनिकमा समाचार छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top