सोलुखुम्बु चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने पक्राउ

सोलुखुम्बु चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने पक्राउ

२३ भदौ, सोलुखुम्बु ।

सोलुखुम्बु दुधकुण्ड-८ चागेस्थान स्थितमा रहेको चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रमेश मगर रहेका छन् ।

हिजो दिउसो साढे १२ बजे मन्दिरबाट दुई वटा सिंहको मुर्ती हराएपछी मन्दिरका समितिले खोजी गर्दा फेला नपरेपछी राती पौने ११ बजे जिल्ला प्रहरी कार्यालय सोलुमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ खोजतलासमा खटिएको प्रहरी टोलीले मगरलाई छिमेकी जिल्ला ओखलढुंगाको सिद्धिचरण-११ स्थितमा रहेको एक होटलबाट उनले चोरी गरी लगेको मुर्ती सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उपर कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.