बेलायतमा सार्वजनिक स्थलमा ६ जना भन्दा धेरै मानिस जम्मा भए ३२ सय युरोसम्म जरिवाना तिर्नुपर्ने

२४ भदौ, एजेन्सी । बेलायतमा सार्वजनिक स्थानमा ६ जना भन्दा धेरै मानिस जम्मा भएमा त्यसलाई गैरकानुनी क्रियाकलाप मानिने भएको छ ।

Advertisement

कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले आउँदो सोमबार अर्थात १४ सेप्टेम्बरदेखि ६ जना भन्दा धेरै भेला हुन नपाउने निर्णय कार्यान्वयन गर्न लागेको बीबीसीले जनाएको छ ।

निर्णयको उल्लङ्घन गर्ने र प्रहरीको आग्रहलाई नटेर्नेलाई एक सय देखि ३२ सय युरोसम्म जरिवाना तिराइने पनि खबरमा उल्लेख छ । नेपालीमा यो रकम चार लाख ४४ हजार रुपैयाँ हुन आउँछ ।

Advertisement

यसबारेमा थप जानकारी आज प्रधानमन्त्री बोरिस जोनसोनले दिने पनि बीबीसीले जनाएको छ ।

जोनसोनले यसअघि कोरोनाका फैलावटलाई रोक्न प्रहरीलाई विशेष रुपमा अधिकार दिएर भेलाहरु रोक्नुपर्ने बताएका थिए । बेलायतमा होटल तथा रेष्टुरेन्ट खोल्न पाइने छ, तर एउटै समूहमा ६ जना भन्दा धेरै बस्न पाइनेछैन ।

Advertisement

६ जना भन्दा धेरै भेला हुन नपाउने नियम स्कुल, कार्यस्थल र अन्तिम संस्कारका समारोहमा भने लागू हुनेछैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top