लागूऔषधसहित एक पक्राउ

सुनसरी, वैशाख १९ ः सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित सुन्नीमा चोकबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला धनकुटा साँगुरी गाउँपालिका-४ बस्ने २४ बर्षिय रितेश कार्की रहेका छन्। कार्कीलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले मंगलबार साँझ ६ बजेतिर पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट लागूऔषध एभील–५ एम्पुल, डाईजेल्याप–५ एम्पुल, लुपिजैसिक–५ एम्पुल, र स्पास्मोप्रोक्सिभन–८ ट्याबलेट बरामद गरेको छ । बरामद लागूऔषधसहित उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।

Scroll to Top