Nepal Times
Nepal Times
3
Shares

अपांगता भएकालाई बाख्रा वितरण

अपांगता भएकालाई बाख्रा वितरण

दाङ, १९ वैशाख ः तुलसीपुर उपमहानगरपालिका–४ ले मंगलबार अपांगता भएकालाई बाख्रा वितरण गरेको छ ।

अपांगलक्षित कार्यक्रमअन्तर्गत अपांगता भएकालाई आयआर्जनका लागि भनेर वडाले बाख्रा वितरण गरेको वडाध्यक्ष बालकृष्ण रानाले बताए । मंगलबार एक कार्यक्रमका बीच तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले ३४ जना अपांगलाई बाख्रा वितरण गरेका हुन् ।

सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेयले विपन्न वर्गलाई लक्षित गरेर आधुनिक र उन्नत जातका बोकासमेत उपलब्ध गराइने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले पहिलो चरणमा अपांगता परिचयपत्र पाएकालाई मात्र बाख्रा वितरण गरिनेसमेत बताए ।

कार्यक्रमका नगर अपांग सञ्जालका संयोजक दोलकबहादुर खत्रीले आफूहरुलाई आयआर्जनका लागि बाख्रा वितरण गरेकोमा खुशी व्यक्त गरे । आफू अपांग भएपनि बाख्राको पालनपोषणमा कुनै कमी हुन नदिने उनले बताए ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.