३३ किलो सुन प्रकरणमा ६२ जनाविरुद्ध मुद्दा दर्ता हँदै

३३ किलो सुन प्रकरणमा ६२ जनाविरुद्ध मुद्दा दर्ता हँदै

विराटनगर,१९ वैशाख ःउर्लाबारीका सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी प्रकरण आरोपमा पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध प्रहरीले जिल्ला अदालत मोरङमा आज मुद्दा दर्ता गराउँदै छ ।

प्रहरीले मिसिल सरकारी वलिकको कार्यालयमा बुझाईसकेपछि अभियोग पत्र तयार पारी उनीहरुविरुद्ध तीन प्रकारको मुद्दा दर्ता गर्न लागेको हो ।

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बीसीका अनुसार पक्राउ पर्नेहरूलाई अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा चलाउईने छ ।
मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’सहित फरार अन्य ३४ जना विरुद्ध पनि मुद्दा दर्ता गरिने उनले जानकारी दिए ।

सरकारी वकिलको कार्यालयले फरार रहेका मुख्य अभियुक्त उप्रेतीलाई संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान मुद्दा दायर गर्नेछ भने अन्य पक्राउ परेका २८ जनालाई छुट्टाछुटै मुद्दा दर्ता गर्नेछ ।

अनुसार बहालवाला र पूर्व गरी ६ प्रहरी अधिकारी, तीन व्यापारी, सनम शाक्य हत्यामा जोडिएका ६ प्रतिवादी र विमानस्थलमा कार्यरत १३ प्रतिवादीविरुद्ध मुद्दा दर्ता गराउन लागिएको मोरङका प्रहरी प्रमुख बीसीले जानकारी दिए । संगठित सुन तस्करीमा यति धेरै बहालवाला प्रहरी अधिकारीलाई प्रतिवादी बनाइएको यो पहिलो घटना हो ।

सुन गायब र हत्यामा प्रहरीकै मिलेमतो रहेको आशंका उत्पन्न भएपछि अनुसन्धानका लागि गृह मन्त्रालयले सहसचिव ईश्वर पौडेलको नेतृत्वको छानवीन समिति गठन गरेको थियो ।

विमानस्थलबाट गत माघ ७ गते तस्करी भएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’नेतृत्वको समूहले सनम शाक्यलाई गत फागुन १८ गते हत्या गरी शवलाई गायब बनाउन लैजाँदै गर्दा प्रहरीले विराटनगर–३ बाट फागुन १९ गते शाक्यको शव फेला पारेको थियो ।

दिवेश लोहनी प्रहरी सम्पर्कमा

यसैबीच साढे ३३ किलो सुन प्रकरणमा तानिएका एसएसपी दिवेश लोहनी मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङको सम्पर्कमा आइपुगेका छन् ।

छानबिन समितिले एसएसपी लोहनीलाई पत्र काटेको भोलिपल्ट मंगलबार दिउँसो मोरङ कार्यालय आइपुगेका हुन् ।

घटनाको अनुसन्धान गर्न गठित समितिले उनलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय बोलाएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.