नजिकैको विद्यालयबाट कक्षा १२ को परीक्षा दिन सकिने, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

काठमाडौँ : कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् ।

Advertisement

कोरोना भाइरसको सङ्क्रमणका कारण गत वैशाख महिनामा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने गरी तयारी थालिएको हो । कोरोनाका कारण आफूू अध्ययन गरेको सहर बजारका विद्यालयबाट विद्यार्थी गाउँघर पुुगेकोले घर पायकको विकल्प पनि सोच्न लागिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि एउटा राम्रो विकल्पका रूपमा यो मोडललाई समेत हेरिएकाले विद्यार्थीको विवरण लिन सुरु गरिएको जानकारी दिनुभयो ।

Advertisement

विद्यार्थी खोज्न थालियो

बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षा फाराम भरेका विद्यार्थीमध्ये के कति विद्यार्थी महामारीका कारण हाल आफू अध्ययन गरेको विद्यालय रहेको ठाउँ (जिल्ला) भन्दा फरक जिल्ला या स्थानमा बसोबास गरिरहेका छन् भन्ने विवरण बोर्डले सङ्कलन गर्दैछ ।

Advertisement

सरकारले तत्काल परीक्षा सञ्चालनका लागि अनुमति दिएको अवस्थामा यस खालको तयारी गर्न समयले नपुग्ने भएकोले अहिलेदेखि नै गृहकार्यमा लागिएको बोर्डका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top