कंगोको सुनखानीमा पहिरोः ५० जनाको मृत्यु

२८ भाद्र, एजेन्सी ।
प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्रमा रहेको एउटा सुनखानीमा पहिरोले पुरिएर कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

Advertisement

केही दिनदेखिको भारी वर्षापछिको पहिरोका कारण दक्षिण किबु प्रान्तको कमितुगा सहरको सुनखानीमा पहिरो गएको हो । पहिरोमा परी केही बेपत्ता भएका जनाइएको छ ।
अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् । प्रान्तीय अधिकारीका अनुसार पीडितहरूमध्ये अधिकांश युवा छन् ।

स्थानीय सञ्चारमाध्यमहरूले घटनामा बाँच्न सफल स्थानीयलाई उद्धृत गर्दै लेखेका छन्, ‘खानीका लागि खनिएका तीनटा गहिरा खाडलमा पानी पसेका कारण पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो ।’ कमितुगा सहरका मेयर अलेकज्यान्डर बुन्ड्याले घटनापछि दुई दिने शोक घोषणा गरेका छन् ।

Advertisement

उनले स्थानीयलाई जमिनबाट शवहरू निकाल्न उद्धारकर्ताहरूलाई सहयोग गर्न आग्रहसमेत गरेका छन् । दक्षिण प्रान्त किवुमा खानीको अवैज्ञानिक उत्खनन गर्दा हरेक वर्ष बस्ती र वरपरका क्षेत्रमा पहिरो जाने गरेको छ । जसका कारण सयौंले अकालमा ज्यान गुमाउने गर्छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top