होम आइसोलेशनमा बसेकी वृद्धाको मृत्यु

२७ भदौ ७७, आइतबार

२८ भाद्र, चितवन ।
चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना सङ्क्रमित वृद्धाको आइतबार बिहान मृत्यु भएको छ।

Advertisement

भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए। उनको आज बिहान ६ बजे मृत्यु भएको हो । दीर्घ रोगी उनको भदौ ११ गते नमूना सङ्कलन गरिएको थियो । भदौ १५ कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बसिरहेकी थिइन् ।

यसअघि खैरहनी नगरपालिकामा १०८ वर्षीया वृद्धाको घरमै मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो । यससँगै जिल्लाका कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । बाहिरी जिल्लाका सहित यहाँ उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या भने २७ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top