बार्सिलोनाको कप्तान मेस्सी नै रहने

२८ भदौ, एजेन्सी । क्याटलान क्लब बार्सिलोनाको कप्तान अर्जेन्टिनी स्टार फरवार्ड लियोनल मेस्सी नै रहने भएका छन् । बार्सिलोनाले शनिबार मेस्सी नै यो सिजनको कप्तान रहेको पक्का गरेको हो ।

सन् २०१८ देखि बार्सिलोनाको कप्तान रहेका मेस्सीले नयाँ सिजन सुरु हुनुअघि नै क्लब छाड्ने निर्णय र नाटकीय रुपमा बार्सिलोना बस्न यु टर्न भएपछि क्लबको कप्तान को हुने भन्नेमा अन्योलता देखिएको थियो ।

अब ३३ वर्षीय मेस्सीले नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको अन्डरमा बार्सिलोनाको कप्तानी सम्हाल्नेछन् । बार्सिलोनाले सर्जियो बुस्क्वेट्स, जेरार्ड पिके र सर्जी रोबर्टाेलाई दोस्रो, तेस्रो र चौथो कप्तान रहनेछन् ।

बार्सिलोनाले चारै खेलाडीलाई एक साथ राख्दै मेस्सी, बुस्क्वेट्स, पिके र रोबर्टाेले यस सिजन बार्सिलोनाको कप्तानी सम्हाल्ने बताएका छन् । सन् २०१८ मा आन्द्रेस इनिष्टाले बार्सिलोना छाडेपछि अर्जेन्टिनी स्टार मेस्सी नै बार्सिलोनाको कप्तान रहँदै आएका छन् । अब बार्सिलोनामा मेस्सीको कप्तानी तेस्रो सिजनमा चल्नेछ ।

यसैविच, क्याटलान क्लब बार्सिलोनाले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा सहज जित हात पारेको छ । बार्सिलोनाले दोस्रो डिभिजिनको क्लब जिम्नास्टिक डि टारागोनामाथि ३–१ को सहज जित हात पारेको हो ।

बार्सिलोनाको सहज जितमा औसमाने डेम्वेले, एन्टोइन ग्रिजमन र फिलिपे कौटिन्होले गोल गरे । जिम्नास्टिकका जाभी बोनिल्लाले एक गोल फर्काए । बार्सिलोना छाड्ने सनसनी पुर्ण निर्णय गरेर यु टर्न भएका अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले टोलीको कप्तानी गर्दै पहिलो खेल खेले । उनले पहिलो हाफ खेलेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top