×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

जीवन घिमिरेदेखि मनोज गजुरेलसम्मले सुनाए आफ्नो बाल्यकाल

३० भाद्र २०७७

३० भदौ, दमक ।
राष्ट्रिय बाल दिवसका अवसरमा नगर बाल सञ्जाल दमकले ख्याति प्राप्त व्यक्तिहरुसँग उनीहरुको बाल्यकालका बारेमा बालानुभव वार्तालाप शिर्षकमा संवाद गरेको छ ।

प्रदेश नं. १ सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भर्चुअल संवादमा घिमेरे होम आईसोलेसनबाटै जोडिएका थिए ।घिमिरेले कोरोनाका सन्दर्भमा आफ्नो अनुभव सहित सबैलाई सचेत रहन जानकारी गराए । उनले आफ्नो बालयकालका बारेमा बताएका थिए । खोटाङ जिल्लाको हौचुर भन्ने ठाउँमा जन्म भएको जानकारी दिँदै घिमिरेले पढ्न जाँदा काठको पाटि बोकेर उकालो चढी विद्यालय जाने गरेको र माटोको डल्ला फुटाएर सिन्काले लेख्दै पढेको भन्दै आफ्नो बाल्यकाल सम्झिएका थिए ।

अतिथि वक्ताका रुपमा उपस्थित वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले आफु बालयकालदेखि नै हास्ने र हसाँउने काम नै गरिरहेको बताएका थिए । उनले कक्षा १० सम्म पढ्दा ११ वटा स्कुलमा पढेको आफ्नो रोचक कुरापनि सुनाएका थिए । गजुरेलले आफुलाई आमाले पैसा नदिदाँ ५ दिनसम्म घर नआएको र घर आएपछि २ माना चामल बेचेको र पाएको पैसा साटी आफुले चारआना राखेर मैले पैसा माग्दा यहिबाट दिनु भनी आमालाई दिएको कथा पनि सुनाएका थिए ।

राजा राजेन्द्र र सुरक्षा पन्तले बाल्यकाल एकदम रोचक र सम्झनलायक हुन्छ भन्ने कुरामा जोड दिएका थिए । राजा राजेन्द्रले आफु सानामा अरुसँग कुरा गर्न नसक्ने साथै स्कुल जाँदा बाटोमा फलेको बोडि, सिबि भेटे सक्दिने गरेको भन्दै आफने बाल्काल स्मरण गरे । सुरक्षा पन्तले बाल्यकालमा आफुलाई धेरै कुराहरु जान्न सोध्न मन लाग्ने खालको भएको बताइन् । उनले सानोमा हजुरआमासँग बसेर हुर्केको बताउँदै हजुरआमासँग आफु धेरै निकट रहेको बताइन् ।

 

दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीले आफ्नो बालयकालका बारेमा सुनाउँदा आफ्ना बासँग यो छाता कहाँ फल्छ भन्ने किसिमको प्रश्न गर्दा मधेसमा ठूलाठूला रुखमा खुर्सानी जसरी फल्छ भनेर सुनाउनु भएको र आफुले पत्याएको प्रसङ्ग सुनाएका थिए । नगर बाल सञ्जाल दमकले बाल दिवसको अवसर पारेर भाद्र २८ गते बालमैत्री संवाद शिर्षकमा छलफल कार्यक्रम सम्पन्न गरेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top