कतारबाट १३८ यात्रु लिएर उड्यो नेपाल एयरलाइन्स

१ असोज ७७, बिहीबार
Share this
696shares

१ असाेज, दोहा ।

Advertisement

कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपालीहरु मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा  ४० औं उडानबाट १३८ जना नेपाली स्वदेश फर्किए छन् ।

दोहाबाट काठमाडाैँका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत ७ महिला र १३१ पुरुष गरी जम्मा १३८ जना स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिए ।

Advertisement

स्वदेश फर्कन लागेका नेपालीको यात्राको समन्वय, सहजिकरण तथा बिदाईका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

यसैगरी,  सेप्टेम्बर २२, २४ र २५ तारिखका लगि पनि नेपाल एयरलाइन्सकाे उडान तय भएको दूतावासले जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top