सामाजिक विकासमन्त्री घिमिरे काेराेनामुक्त

सामाजिक विकासमन्त्री घिमिरे काेराेनामुक्त

१ असोज, विराटनगर ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोनामुक्त भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले उनको रिपोर्ट आज नेगेटिभ आएको जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि उनी संक्रमणमुक्त भएका हुन् । मन्त्री घिमिरेलाई गत भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भदौ १३ गतेदेखि कोरोनाको लक्षण देखिएपछि उनी होमआईसोलेसनमा बसेका थिए ।

यसअघि भदौ २६ गते गरिएको परीक्षणमा उनको रिपोर्ट पुन ः पोजेटिभ आएको थियो । मन्त्री घिमिरेलाई सामान्य रुघाखोकी बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.