ड्रग्स च्याटमा दी अर्थात् दीपिकाको नाम, सोधपुछको तयारीमा एनसीबी

६ आश्विन, एजेन्सी ।
बलिउड ड्रग्स च्याटमामा अहिलेसम्मकै सबैभन्दा ठुलो खुलासा भएको छ ।

Advertisement

एन, एस, जी, दी र के गरी नामको पहिलो अक्षर मात्रै लेखेर गरिएको बलिउड ड्रग्स च्याटमामा दी को अर्थ दीपिका पदुकोण भएको खुलेको छ । नाइम्स नाउको रिपोर्टलाई आधार बनाएर नवभारत टाइम्सले यो खबर सार्वजनिक गरेको हो ।

रिपोर्टका अनुसार सारा, श्रद्धा र रकुलपछि एनसीबी दीपिका पादुकोणलाई पनि सोधपुछका लागि बोलाउने (समन पठाउने) तयारीमा छ । एनबसीले अर्को साता दीपिकालाई यसबारे सोधपुछका लागि पत्र पठाउने बताइएको छ ।

Advertisement

एनसीबीका एक अधिकारीले टाइम्स नाउलाई दिएको जानकारीमा भनिएको छ, “ड्रग्स च्याटमा ‘दी’ अर्थात् दीपिका पादुकोणले जुन ‘के’ सँग ड्रग्सको माग गरिरेहका छिन् त्यो करिश्मा हुन्, उनी क्‍विन ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सीकी कर्मचारी हुन् । दीपिकाको ड्रग्सको प्रश्नमा करिश्माले भनेकी छिन्, “मसँग छ तर घरमा छ ।

यदि भन्छौ भने म अमितसँग सोधदिन सक्छु ।” यसको जवाफमा दीपिकाले भनेकी छिन्,‘ हुन्छ’।” सुशान्तको मृत्यु प्रकरणको अनुसन्धानका क्रममा बलिउडमा ड्रग्स सेवनको खुलासा भएको हो । ड्रग्स मामिलामा रिया चक्रवर्ती अहिले जेलमा छिन् ।

Advertisement

एनसीबीले सुशान्तका पूर्वट्यालेन्ट म्यानेजर जया शाह र पूर्वबिजनेस म्यानेजर श्रृति मोदीसँग सोमबार सोधपुछ गरिसकेको छ । भने आज मंगलबार पुनः उनीहरुसँग एनसीबीले सोधपुछ गर्नेछ । सोधपुछका क्रममा जयाले फिल्ममेकर मधु मन्तेना बर्माको नाम लिएकी थिइन् ।

मधु मन्तेनाले चलचित्र ‘सुपर ३०’ ‘उडता पन्जाब’, ‘क्‍विन’, ‘मसान’ जस्ता हिट चलचित्र निर्माण गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top