सुनको मूल्य प्रतितोला १ हजार ७ सयले घट्यो

६ असोज, काठमाडौं । सुनको मूल्य आज मंगलबार प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको छ ।

Advertisement

सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य प्रतितोला आज ९५ हजार पाँच सय रुपैयाँमा झरेको हो ।

मंगलबारका लागि छापावाल सुनको कारोबार मूल्य १७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

यस्तै महासंघले तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९५ हजार तोकेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको व्यासायीहरुले बताएका छन् ।

कोरोना भाइरस (कोभिड-१९) का कारण मन्दी छाएको विश्वअर्थतन्त्रमा लगानीका वातावरणहरु फराकिलो बन्दै जानु, सुनमा भएको लगानी घट्दै अन्त लगानी थपिनु जस्ता कारणले मूल्य घटेको व्यवसायीहरुले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top