×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

रेलसेट आएपछि सर्वसाधारण उत्साहित

७ आश्विन २०७७

७ असाेज, महोत्तरी ।

“अई बेर विवाहपञ्चमीतक रेल चल्वे करत” (यसपालि त विवाहपञ्चमीसम्म रेल चल्छ) भङ्गाहा नगरपालिका–३ कटैया बस्तीकी रामराजी यादवले पूरै विश्वासका साथ भनिन्, “मेला देख कुर्था सऽ जनकपुर रेल चैढ्क जायब” (विवाहपञ्चमी मेला हेर्न कुर्था, महोत्तरी–धनुषा सीमा नजिकको नयाँ रेल स्टेशन) बाट जनकपुर रेल चढेरै जाउँला ।” यही असोज २ गते रेलसेट (इञ्जिन र डिब्बासहित रेल) जनकपुर आइपुगेपछि कुर्था नजिकको महोत्तरीका बस्तीमा अहिले अब चाँडै रेल चढ्न पाइने कुराले उत्साह बढेको हो ।

बर्दिवास–जनकपुर–जयनगर रेल्वे परियोजनाको ६९ किलोमिटर दूरीमध्ये कुर्थादेखि जयनगरसम्मको लिक निर्माण गत वर्ष नै सम्पन्न भए पनि रेलसेट नहुँदा सेवा सञ्चालन हुनसकेको थिएन । यसपालि लाग्दो असोजमै भारतबाट किनिएर रेलसेट आएपछि कुर्था नजिकका यहाँका बस्तीमा मङ्सिर शुक्ल पञ्चमीमा आयोजना हुने रामजानकी विवाह महोत्सव (विवाहपञ्चमी मेला) रेल चढेर जनकपुर पुग्न पाइने सर्वसाधारणमा आशा र विश्वास बढेको हो ।

महोत्तरीका लोहारपट्टी, बलवा र भङ्गाहा नगरपालिकाका बस्ती कुर्थासँगै जोडिएका छन् । दुई दशकअघिसम्म जयनगर–जनकपुर–बिजलपुरा चल्ने रेलमा यात्रा गरेको सम्झने यस भेगका सर्वसाधारण अब ठूलो रेल (ब्रोडगेजलाई बोलीचालीमा ठूलो भनिएको) आएको भन्दै हौसिएका छन् । विसं २०५९ अघि जयनगर–जनकपुर–बिजलपुरा चल्ने रेलको महोत्तरीमा पिपराढी, लोहारपट्टी, सिङ्ग्याही र बिजलपुरा स्टेशन थिए । जहाँबाट रेल चढेर यस भेगका बासिन्दा बजारु र धार्मिक प्रयोजनका कामले जनकपुर र जयनगरसम्म आवतजावत गर्थे । विसं २०५९ को बर्खे भेलले हालको लोहारपट्टी नगरपालिकाको बिगही पुल भत्काएपछि त्यतिखेरको रेल सेवा बन्द भएको थियो ।

अहिले त्यतिखेरको सानो लिकको ठाउँमा ब्रोडगेज लिक बनेको छ । यद्यपि कुर्थाबाट पिपराढी, लोहारपट्टी, सिङ्ग्याही र बिजलपुरा स्टेशनसम्मको लिक ओछ्याउने काम निर्माणकै चरणमा छ । यसपालि अब दुई महिनाभित्र कुर्था–जयनगर खण्डको ३४ किलोमीटर दूरीभित्र सेवा सञ्चालन हुने र चालु आर्थिक वर्ष (२०७७/७८) भित्रै बिजलपुरासम्म सेवा सञ्चालन गरिने गरी काम भइरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताए ।

“हामीकहाँ दुईवटा रेल आइपुगेका छन्, रेल सञ्चालनका लागि आवश्यक जनशक्तिको माग हामीले (विज्ञापन) गरिसकेका छौँ”, महाप्रबन्धक भट्टराईले भने, “यो प्रक्रिया पूरा हुनासाथ प्रथम खण्ड (कुर्थाबाट जयनगर) मा रेल सञ्चालन भइहाल्छ ।” दोस्रो खण्ड कुर्थाबाट बिजलपुरा स्टेशनसम्मको १७ किमीमा यसै आर्थिक वर्षभित्र निर्माण कार्य सम्पन्न हुने र तेस्रो खण्ड (बिजलपुरादेखि बर्दिवास) को १८ किमी दूरीमा जग्गा मुआब्जा टुङ्ग्याएर निर्माण काम थालिने भट्टराईको विश्वास छ ।

अहिले रेलसेट आइपुगे पनि जनशक्ति व्यवस्थापन, कोभिड–१९ जोखिमले रोकिएको नेपाल–भारत सीमा आवतजावत खुला गर्ने र रेललिक बरबुझारथका काम बाँकी रहेका हुँदा सेवा सञ्चालनमा केही महिना लाग्नसक्ने नेपाल रेल्वे कम्पनी लिमिटेडले स्पष्ट पारेको छ । रेल सञ्चालनका लागि अहिले तत्काल प्राविधिक जनशक्ति भारतबाटै ल्याउने र अन्य कर्मचारी व्यवस्थापनका लागि करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया अगाडि बढिसकेको महाप्रबन्धक भट्टराईले जानकारी दिए ।

अहिले कुर्थाबाट भारतको सीमावर्ती शहर जयनगरसम्म सञ्चालन हुने गरी ल्याइएको रेलसेट परीक्षणपश्चात जयनगरस्थित नेपाल रेल्वे स्टेशनमा पार्किङ गरिएको कम्पनीले जनाएको छ । आफ्नो क्षेत्रमा अब चाँडै रेल सेवा सञ्चालन हुने कुराले यस भेगका किसान आफ्नो उत्पादनले बजार पाउने आशमा छन् । दूध, कृषि उपज र मासुका लागि पालिने पशुपक्षी रेल चलेपछि भारतकै सीमावर्ती बजारसम्म दैनिकजसो लान पाइने यस भेगका किसानको विश्वास छ ।

सन् २०१४ मा भारत सरकारसँगको सम्झौतामा भारतकै रु सात अर्ब २० करोड अनुदान सहयोगमा थालिएको जयनगर–जनकपुर–बर्दिवास रेल्वे स्तरोन्नतिको काम सन् २०१९ मै सकिनुपर्ने तालिका थियो । यद्यपि यसबीचका आन्दोलन (मधेश आन्दोलन), प्राकृतिक विपत्ति (भूकम्प र बाढी) र जग्गा मुआब्जा प्रक्रिया नटुङ्गिँदा परियोजना सम्पन्न गर्न ढिलाइ भएको रेल विभागले स्वीकार गरेको छ ।रासस

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top