इमोमा २५ लाख रुपैयाँ चिठ्ठा परेको भन्दै ठगी गर्ने दुईजना पक्राउ

इमोमा २५ लाख रुपैयाँ चिठ्ठा परेको भन्दै ठगी गर्ने दुईजना पक्राउ

८ आश्विन, चितवन ।
सामाजिक सञ्‍जाल इमोमा २५ लाख रुपैयाँको चिट्ठा परेको भन्दै ठगी गर्ने दुई जना चितवनमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ११ का साहिल हुसेन र वडा ९ का कामेश्‍वर स्वर्णकार छन् । विराटनगर प्रहरीको समन्वयमा उनीहरुलाई बुधबार चितवन ल्याइएको हो । उनीहरुले सामाजिक सञ्‍जाल इमो प्रयोग गरी विभिन्‍न मानिसलाई २५ लाखको चिठ्ठा परेको र प्रहरी तथा अन्य मानिसलाई जानकारी दिए तपाईंको पैसा सबै बदर हुन्छ भन्दै ठगी गर्दै आएका थिए ।

असोज ४ गते कालिका नगरपालिका ४, चितवन की एक महिलालाई पटक–पटक फोन गरी चिट्ठा परेको र करकट्टीका लागि केही पैसा जम्मा गरिदिन दबाब दिँदै आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

उनीहरुले ती महिलालाई पटक–पटक गरी दुई लाख ८० हजार रुपैयाँ ठगी गरेकाले पीडित महिला प्रहरीसमक्ष पुगेपछि प्रहरीले उनीहरुको खोजी कार्य गरेको थियो । हाल उनीहरुलाई चितवन अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.