एक वर्षमै तेस्रोपटक ई-पासपोर्ट छपाईकाे ग्लोबल टेण्डर आह्वान

७ असोज ७७, बिहीबार

८ असोज, काठमाडौँ ।
परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले पुनः विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाईको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । विभागले बिहीबार बोलपत्र आह्वान गरेको हो ।पासपोर्ट छपाइका निम्ति एक वर्षको अन्तरमै भएको यो तेस्रोपटकको बोलपत्र हो ।

तेस्रो चरणको यो बोलपत्र आह्वानमा २० लाख प्रति ई-पासपोर्ट छाप्ने शर्तसहित प्रस्ताव बुझाउने अन्तिम मिति अक्टोबर १४ (असोज २८) लाई तोकिएको छ ।

विगतमा बोलपत्रमा प्रस्ताव गरिएअनुसार कागजात नपुगेको र सार्वजनिक खरिद ऐनअनुसारको प्रकृया नदेखिएको भन्दै २ पटकसम्म बोलपत्र रद्द गरिएको थियो ।

विभागले ई-पासपोर्ट छपाईको लागि पहिलो पटक २०७६ भदौ १० गते पहिलोपटक ठेक्का आह्वान गरेको थियो । विभागले ५ वर्षमा ५० लाख ई-पासपोर्ट छाप्न आव्हान गरेको ठेक्का कात्तिक २१ गते बोलपत्र बुझाउने अन्तिम दिनमा रद्द गरिएको थियो ।

दोस्रोपटकमा भने विभागले २० लाख प्रति ई-पासपोर्ट छपाइको लागि गत फागुन १९ गते टेन्डर आव्हान गरेको थियो । यो बोलपत्रमा पनि ‘प्रस्तावकले आवश्यक कागजात बुझाउन नसकेको’ भन्दै गत साता (असोज १) को विभागको निणर्यअनुसार रद्द गरिएको थियो ।

अघिल्लोपटकको बोलपत्रमा विभिन्न १५ अन्तर्राष्ट्रिय कम्पनीले बोलपत्रमा प्रस्ताव दर्ता गरेका थिए भने यसपटक जम्मा ४ वटा कम्पनी मात्रै सहभागी थिए । पहिलोपटक गत कात्तिकमा पासपोर्ट छपाइको बोलपत्र रद्द भएपछि यो विषय संसदीय समितिमा समेत बहसमा पुगेको थियो । त्यसबेला मन्त्रिपरिषद्ले आफ्नै देशमा सेक्युरिटी प्रेस स्थापना गर्न लागेको र सोही सेक्युरिटी प्रेसमा राहदानी छाप्न सकिने भन्दै विभागलाई ठेक्का रद्द गर्न निर्देशन दिएको थियो ।

तर, विवादित खरिद प्रक्रिया र तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले घूस बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोकिएको थियो ।

हाल झण्डै ५ लाख थान एमआरपी मात्रै बाँकी रहेको विभागका एक अधिकारीले जानकारी दिए । अहिलेको पासपोर्ट वितरणको हिसाबमा अब ८ महिनापछि विभागमा राहदानी संकट उब्जन सक्ने देखिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top